
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ एवम् सांसद आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ ।उक्त प्रकरणमा पक्राउ परेर थुनामा रहेका शर्माविरुद्ध ठगी तथा संगठित अपराध कसूर मुद्दा चलाइएको प्रहरीले जनाएको छ । ‘उपरोक्त सम्बन्धमा मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा Speakers Identification Traits match भनी उल्लेख भएको जुन स्वर (Voice) जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका बर्ष ३४ को सन्देश शर्माको Control Sample सँग मेल खाएको,’– नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।उक्त अडिओ कहाँ र कसबाट ‘ओरिजिनेटेड’ भयो भन्ने सम्बन्धमा भने टिकटक सिंगापुरलाई पत्राचार गरिएकोमा अहिलेसम्म जवाफ नआएको प्रहरी महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन् ।





























