
साउनको अन्तिम सातादेखि सरकारले ‘ह्यूमन प्यापीलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ । यो खोप ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई दिन लागिएको हो । अहिले एचपीभी खोप कुन ठाउँबाट दिने भन्नेबारे छलफल चलिरहेको छ ।स्वास्थ्य मन्त्रालयलाई सम्भावित ठाउँको नाम पठाएका छौं । हाम्रो तयारी साउनको अन्तिमबाट सुरू गर्ने भन्ने छ’, डा. अभियान गौतमले भने । स्वास्थ्य सेवा विभाग अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. गौतमका अनुसार ‘पाइलट प्रोजेट’ का रुपमा कार्यक्रमलाई सञ्चालन गरिनेछ ।डा. गौतमका अनुसार कुनै एक जिल्ला वा दुई–तीन पालिकाका किशोरीलाई दिने योजना छ । उनले भने, ‘मन्त्रालयबाट निर्णय भएपछि सबै कुराको जानकारी हुनेछ ।’ ‘हामीसँग थोरै मात्र खोप भएकाले धेरै ठाउँका किशोरीलाई दिन सकिने अवस्था छैन । करिब ९ हजार किशोरी लाभान्वित हुनेगरी केही पालिका वा जिल्ला हेरेर एचपीभी खोप दिन सक्छौ’ गौतमले भने ।




























