
काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)को विषयलाई लिएर प्रदर्शन उत्रिएका युवाले मन्त्रीको गाडीमा आगजनी गरेका हुन् ।जलाइएको गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भएको बुझिएको छ।पहिला मन्त्रीको गाडीको हावा फुस्काएका उनीहरुले पछि तोडफोड गर्दै गाडीमा आगजनी गरेका हुन्।प्रर्दशनका क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै अन्य सवारीसाधनलाई रोकेका थिए। साथै सवारी चालकहरुलाई हातपात गरेका थिए।केही समययता इपिएसको विषयलाई लिएर संगठित समूह बनेका छन्। पटकपटक उनीहरुले इपिएसको कार्यालय अगाडि प्रर्दशन गर्ने गरेका छन्।प्रर्दशनको कारण बालकुमारी क्षेत्र वरपर सवारीसाधन संचालन अवरुद्ध भएको छ।




























