काठमाडौं।नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।सोमबार अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक नबन्ने समेत उहाले बताउनुभयो । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्थाका आधारमा संशोधन प्रक्रियामा जाने उहाको भनाइ छ । उहाले शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा रहेकाले यो क्षेत्र सन्तुलित ढङ्गले अघि बढोस् भन्ने चाहना रहेको बताउनुभयो ।पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।