उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ ।बुधबार उच्चले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।बलात्कार मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले सन्दीपले सफाइ पाएको र जिल्ला अदालतको आदेश पूर्ण रुपमा उल्टिएको जानकारी दिनुभयो ।यसैबीच सन्दीपले सफाइ पाएसंगै उनका समर्थनहरुले खुसीयाली मनाएका छन् । अदालत बाहिर पञ्चेबाजासहित उनका समर्थकहरुले खुसीयाली मनाएका हुन् ।