९ इलेभेन को ट्विन टावर हमलाको सटिक भविष्यवाणी गरेकी बुल्गोरियाकी भविष्यवेत्ता बाबा बेंगाले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनको बारेमा गरेको एक भविष्यवाणी अहिले रुस युक्रेन युद्धको बेला खुब चर्चामा छ । यो भविष्यवाणी उनले पुटिन राष्ट्रपति हुनुभन्दा धेरै अघि १९७९ मा गरेकी थिइन् । बाबा बेंगाले यो भविष्यवाणी गर्दा पटिनले राजनीतिमा पाइला समेत राखेका थिएनन् । उनी २७ वर्षका थिए र उनी रुसको जासुसी संस्था केजीबीमा एक जासुसको रुपमा जागिर खाँदै थिए । भनिन्छ उनले यस भविष्यवाणीमा अहिले भइरहेको युक्रेन रुसको युद्धको बारेमा समेत बताएकी थिइन् । उनले भविष्यवाणी गर्दै भनेकी थिइन्, सबै हिउँ जसरी पग्लिनेछ केवल एउटा कुरा बाँकी रहने छ, भ्लादिमीरकी शान, रुसको शान । रुस र पुटिन बारे उनले गरेको भविष्यवाणीमा अहिले धेरैको ध्यान केन्द्रीत भएको छ । उनले बताएकी छन्, रुसलाई कसैले रोक्न सक्दैन । उसले आफ्नो बाटोबाट सबै कुरा हटाउने छ र विश्वको शासक बन्नेछ ।
बाबा बेंगा दिमित्रोभा (Banga Dimitrova) एक अन्धी महिला हुन् । ९ वर्षको उमेरमा उनले आँखाको ज्योति गुमाएकी थिइन् । उनीसँग भविष्य थाहा पाउन आउनेहरुको संख्या कति धेरै हुन्थ्यो भने सन् १९५५ मा सरकारले दिमित्रोभा सुरक्षा नियम नै लागू गर्नुपर्यो । उनकोमा जति जान्थे ती भविष्यसम्बन्धी प्रश्नलाई सर्वप्रथम एक समितिले जाँच गथ्र्यो र त्यसपछि उपयुक्त प्रश्नको मात्र उनी जवाफ दिन्थिन् । बुल्गेरिया सरकारले उनलाई तलब दिन्थ्यो र भविष्य देखाउन आउनेसँग फिस असुल्ने गथ्र्यो । उनको ८५ वर्षको उमेरमा मृत्यु भयो ।
दिमित्रोभाको प्राय जसो भविष्यवाणी व्यक्तिगत हुन्थे, तर सही हुन्थे ।