काठमाडौं उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै पदभार ग्रहण गर्नुभएको छ । उहाँले सोमबार बिहान उपप्रधान तथा सहरी विकास मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको हो ।शितल निवासमा पद तथा गोपनीयताको सपथपछि शान्तिबाटीमा पुगेर बीर गणेशमान सिंहको सालिकमा माल्र्यापण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाले सहरी विकास मन्त्रालय अन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तीसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पिआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानून परिमार्जनको सहमतिका लागि कानूनमन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभयो ।सो क्रममा उपप्रधान एवं सहरी बिकास मन्त्री सिंहले मुलुकलाई स्थायीत्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको भन्दै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्य अनुसार अघि बढाउने धारणा राख्नुभयो ।मन्त्रालयको काम कतव्र्यको सीमा भित्र रहेर जनताको अपेक्षा अनुसार काम गर्ने उहाले बताउनुभयो ।