काठमाडौं । गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् ।मंगलबार आयोजित एक कार्यक्रमका बिच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो ।
काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।