काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ ।सेन्सेटिभ इन्डेक्स १.५१ प्रतिशतले बढेको छ । २२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढे । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ३.५५ प्रतिशत बढ्यो ।
हिजो चार अर्ब ८६ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १२ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट लिमिटेडको २९ करोड रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।