
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४३ अंकले घटेको छ। यो गिरावटसँगै नेप्से २ हजार ५४५.४० विन्दुमा पुगेर रोकिएको छ।आज ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैयाँ बराबरको कारोबार भएको छ।बुधबार कारोबारमा आएका सबै क्षेत्रका सूचक घटेका छन्।आज सबैभन्दा बढी अप्पर लाहुर खोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै शुभम पावरको शेयर मूल्य ६.४० प्रतिशतले बढेको छ।यता, आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ।कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।



























