काठमाडौं - सेयर कारोबारको चौथो दिन आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ।यसदिन नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ विन्दुमा अडिएको छ। मंगलबार नेप्से परिसूचक १६.२० अंकले बढेको थियो। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ।आज २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँमा खरिदबिक्री भयो। मंगलबार २ अर्ब माथिको सेयर कारोबार भएको थियो।आज सेन्सेटिभ इन्डेक्स ०.९७ प्रतिशतले बढेर ३९२.५० विन्दुमा अडिएको छ। कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन।१६ करोड ४२ लाख बढी मूल्यको सेयर कारोबार गरी शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह्यो। यस्तै हिमालयन डिस्टिलरी ७ करोड बढीको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।कारोबारमा आएका १३ समूहमध्ये ८ समूहको सूचक बढ्यो भने ५ को घट्यो।फाइनान्स समूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढ्दा मनु एन्ड प्रोको १.२१, अदर्शको १.१६, इन्भेस्टमेन्टको ०.७२, नन लाइफ इन्स्योरेन्सको ०.६९,माइक्रो फाइनान्सको ०.१८, म्युचुअल फन्डको ०.१२ र डेभलपमेन्ट बैंकको ०.१५ प्रतिशतले बढ्यो।बैंकिङ, ट्रेडिङ, होटल्स एन्ड टुरिज्म, हाइड्रो पावर र लाइफ इन्स्योरेन्सको सूचक ओरालो लाग्यो।