
काठमाडाैं- हिमालयन बैंकले थापाथलीमा आईतबार देखि शाखाको सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका हुन् ।यसैगरी बैंकले भरतपुर महानगरपालिका मेन रोड नारायणगढबाट आईतबार रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।




























