
काठमाडौंस्थानीय बजारमा पहेंलो धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ ।बुधवार प्रतितोला १ लाख ३८ हजार दुई सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको भाउ आज १ लाख ४० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । यसरी नै तेजावी सुन आज एक लाख ३९ हजार आठसयमा कारोवार भएको छ ।यसैगरी चाँदीको भाउ तोलामा ७० रुपैयाँले बृद्धिभई एक हजार नौ सयमा विक्री भैरहेको नेपाल सुनचाँदी ब्यवसायी महासङ्घले जनाएको छ ।




























