
काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो दिन आज आईतबार बजार परिसुचक २५ दशमलव ६३ अंकले ओरालो लागेर २१ सय ३० दशमलव १८ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ४१ अंकले ओरालो लागेर तीन सय ८६ दशमलव २० बिन्दुमा खुम्चिएको छ ।धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको एक लाख ६६ हजार नौं सय ८३ पटक सेयर किनबेच भएको छ । जसबाट दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैंयाँ कायम भएको छ ।धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत र अन्य उपसमुहको सुुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेर रातै भएको छ ।




























