काठमाण्डाै –शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको शेयर बजार त्यसयता बढ्दै आएको छ । आज शेयर बजार परिसूचक नेप्से ५९ दशमलव ६८ अङ्कले बढेर दुई हजार चार सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ ।नेप्से २७ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख ११ गते नेप्से दुई हजार चार सय २० विन्दुमा नेप्से पुगेको थियो ।जसमा कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ रहेको छ । सेन्सेटिभ इन्डेक्स १६ दशमलव ३७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४ दशमलव ६६ अंकले बढेको छ ।बिहीबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२ रूपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।यसअघि बुधबार नेप्से ५४.०४ अंकले वृद्धि भएको थियो भने मंगलबार ७०.१८ अंकले बढेको थियो ।