काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ६४ दशमलव २५ अंकले उकालो लागेको बजार परिसुुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने पाँच दशमलव २९ अंकले ओरालो लागेर २७ सय ५५ दशमलव ६२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २९ अंकले ओरालो लागेर चार सय ९२ दशमलव ७५ बिन्दुमा झरेको छ ।धितोपत्र बजारमा आज तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख २८ हजार आठ सय १३ पटक शेयर किनबेच भएको छ । जसबाट पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात रुपैंयाँ पुगेको छ ।धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र सामुहिक लगानी कोष उपसमुहको सुचक बढेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक घटेका छन् ।