
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ८१ अंकले घटेर दुई हजार चार सय ८६ दशमलव ७६ विन्दुमा सीमित भएको छ ।यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अंकले ओरालो लागेर सात सय ४७.४५ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये दुईवटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ। कुल एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर रु. चार अर्ब ८४ करोड १४ लाख सात हजार ७२० मूल्यमा खरिद बिक्री भएको छ।




























