चलचित्र अगस्त्यको प्रिमियर शो भएको छ ।बिहीवार ललितपुरमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । फागुन १८ (शुक्रवार) बाट प्रदर्शनमा आएको चलचित्र अगस्त्य हेरिसकेपछि सिनेपत्रकारहरुसँग कुरा गर्दै अभिनेता सुशिल श्रेष्ठ चलचित्रको कथा र अभिनय धेरै नै राम्रो रहेको बताउनु भयो । उहाँले चलचित्रका हरेक पात्रले गरेको अभिनयले दर्शकको ध्यान तान्ने बताउनु भयो । उहाँले नेपालमा अन्य सिनेमाहरु भन्दा अगस्त्य फरक रहेको दाबी गर्नुभयो । त्यस्तै अभिनेता सौगात मल्लले चलचित्रमा आफ्नो पात्रको अभिनय गर्न केही कठिन भएपनि रमाइलो मानेर नै अभिनय गरेको बताउनु भयो ।फिल्ममा सौगातसँगै नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायत कलाकारको अभिनय छ । फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् ।