
काठमाडौं । गत जेठ १० गते नेपालमा रिलिज भएको फिल्म ‘पुजार सार्की’ यतिबेला हलमा पाँचौं सातामा प्रदर्शन भइरहेको छ । यो फिल्म शुक्रबारदेखि यूकेमा पनि रिलिज भएको छ । फिल्म यूकेको ओडियन सिनेमाज र सिनेवल्र्डमा रिलिज भएको हो ।चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन्। प्रदीप खड्का बाजा बजाउने मैत बहादुरको भूमिकामा छन् । पल शाहको भूमिका क्रान्तिकारी देखिएको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ। यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।निर्माण पक्षका अनुसार यो फिल्म यूकेका बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, इलफोर्ड, फेल्दमलगायतका ओडियन र सिनेवल्र्ड हलमा दैनिक रूपमा हेर्न सकिन्छ ।




























