काठमाडौं । संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएको छ।आइतबार बिहानदेखि अमेरिकाभरि टिकटक बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।बिहान प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको र गुगल प्ले स्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिएको बताएका छन्।अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनीलाई बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए।अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन्। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनसम्मको समय दिने भनेका थिए। उनले सोमबारदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्।