
काठमाडौँ । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म काजी को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको ट्रेलरले पारिवारिक सम्बन्ध, वैवाहिक जीवन र प्रेमका उतारचढावलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’को भूमिकामा देखिएका छन्। विवाहपछिको प्रेमकथालाई केन्द्रमा राखिएको ट्रेलरले दर्शकमाझ उत्सुकता बढाएको छ।लक्ष्मण रिजाल को निर्देशन रहेको फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी र विशाल पहारी लगायत कलाकारहरूको अभिनय रहेको छ।रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई श्रीराम बालाजी फिल्मस् ले नेपालभर वितरण गर्ने जनाएको छ।‘काजी’को ट्रेलर:https://youtu.be/_566ppnW3_U



























