
काठमाडौँ । नेप्से आज ३७ अङ्कले बढेको छ । सोमबार नेप्से ३७.१३ अङ्कले बढेर २६९०.७२ विन्दुमा रोकिएको हो ।आज ३०५ कम्पनिको कारोबार हुँदा एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ को खरिद बिक्री भएको छ ।बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भयो । १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो ।त्यसैगरी आज चन्द्रागिरी हिल्सको सबै भन्दा बढी २६ करोड २३ लाख १७ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ८ लाख ४१ हजार ९५७ कित्ता शेयर कारोबार भएको छ ।




























