काठमाडौं– सन् २०१८ को अगष्टमा नेपालमा छाउपडीलाई गैरकानुनी घोषणा गरिए पनि अझै पनि पुर्णरुपमा छाउपडी प्रथा हट्न सकेको छैन ।मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ ।यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानूनले गरेको छ ।तर, यो कानुनले अझै पनि छाउपडी प्रथालाई रोक्न सकेको देखिँदैन । सुदुरपश्चिमका जिल्लाहरुमा अहिले पनि छाउपडी प्रथा देखिएकै कारण गीत–संगीतको माध्यमबाट भएपनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले एल.पी शर्मा र गौरव गिरीको टिमले छाउपडीकै विषयमा गीत बनाउने निर्णय गर्यो र बन्यो ‘लिलु’ ।गीतमा एल.पी.शर्मा र गौरव गिरीको शब्द छ भने पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर रहेको छ भने संगीत रोहित देउवाको रहेको छ ।एचबिएन किस्मतले एरेञ्ज गरेको गीत वान डिबी स्टुडियोमा बिमल चिनालले रेर्कड गरेका हुन् । गीतमा रोशनी कार्की, पुजा देवकोटा, लक्ष्मी प्रसाद शर्मा, भद्र जंग कुँवर, मुकेश सुनार, ईब्सु सन्ज्याल र पशुपती कुँवरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन गौरव गिरीले नै गरेका हुन् ।https://www.youtube.com/watch?v=tvC0ROW-Tig