
अब जहाजमा उडिरहँदा मोबाइल फोन तथा इन्टरनेट सेवाको प्रयोग गर्न सक्निे भएको छ । गत मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले ‘इनफ्लाइट कम्युनिकेसन’ सम्बन्धी अन्तरिम निर्देशन जारी गर्दै यस बारे जानकारी दिएको हो ।इनफ्लाइट कम्युनिकेसन (आइएफसी) सेवाबाट यात्रुहरूले जहाजमा उडिरहेको बेला पनि मोबाइल चलाउन र इन्टरनेट प्रयोग गर्न पाउने प्राधिकरणले जानकारी दिएको हो ।
यसअघि यात्रुहरुले जहाजमा उडिरहँदा मोबाइल तथा अन्य विद्युतीय उपकरण फ्लाइट मोडमा राख्ननु पर्ने नियम थियो ।तर अब भने आइएफसी सेवा लिएका जहाजहरूमा इन्टरनेट सुविधा साथै यात्रुले फोन कल वा म्यासेज गर्न पनि सक्छन् ।




























