
आन्दोलनरत संसद सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि सहजिकरण गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरिएकाे छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो।समितिमा संसद सचिवालयका महासचिव पाण्डेय र अर्थ मन्त्रालयका सचिव मरासिनी सदस्य रहनेछन्।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कानुनमन्त्री गिरी, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधु कुमार मरासिनी सहितको समिति गठन गरेको छ । समितिलाई सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न जिम्मा दिइएको शेखर अधिकारीले जानकारी दिए । समितिमा अर्थ मन्त्रालयका सचिव र सङ्घीय संसद्का महासचिव सदस्य रहेका छन्। अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरूले आन्दोलन गर्दै आएका थिए।प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए।




























