म यस्ता कैयौं पुरुषहरुलाई जान्दछु, जसले पत्नीसँग सहवास गर्दा सेतो तन्ना यसकारण बिछ्याउँथे ताकि पत्नीको कौमार्यको परीक्षण होस् । तन्नामा रगतको दाग नपाएपछि उनले पत्नीको चरित्रमा शंका गरेका थिए ।
तसलीमा नसरिन
स्त्रीको योनी मुखमा एउटा पातलो जाली हुन्छ । यूनानीहरुको देवता “होइमेन” को नामबाट, यो आवरण वा जालीको नाम पनि “होइमेन” (सतीच्छेद) राखिएको छ । प्रसिद्ध स्त्रीरोग विशेषज्ञ सर नरमेन जेफकटले भनेका छन्– “प्रथम सहवासको बेला ‘होइमेन’ फाट्छ, फलस्वरुप अलिकति रक्तस्राव हुन पनि सक्छ र नुहन पनि सक्छ । होइमेन नफाटीकन पनि संभोग सम्भव छ ।
सानैमा म जब कुनै रुखमुिन जान्थें ‘वृक्षभूत’को डरले सारा शरीर काम्दथ्यो । अहिले सुन्दछु– ‘वृक्षतरुणी’ को डरले आजकाल पुरुष काम्ने गर्दछन् । यदि छोरा मान्छेको कुरा हुन्थ्यो भने रुख चढ्नु कुनै ठूलो डरको कुरा होइन, परन्तु कुनै केटीको बारेमा यो कुरा घोर आपत्तिजनक हो । प्रकृतिले पुरुष र स्त्रीलाई अलग देख्तैन, तर समाज देख्छ । जब कुनै बेलौतीको रुखमा फल पाक्तछ, त्यतिखेर सबैभन्दा पहिले बेलौती खान पाउने लालसा केटामा भन्दा केटीमा कुनै मानेमा कम हुँदैन । तर केटीले आफ्नो इच्छालाई दबाएर बस्छे ताकि उसलाई ‘वृक्षतरुणी’ (बाख्रेकेटी, उत्ताउली केटी–अनु) को उपाधि प्राप्त नहोस् किनभने यदि त्यस्तो भयो भने केटी त्यसमाथिको पानी अलिकति यताउता छल्क्यो कि पानी खत्तम् । यस्तै सम्मानको साहरामा केटीहरु बाँच्ने गर्दछन् ।
मैले किशोर अवस्थामा फलको रुखमा चढ्न खोज्दा आमाले रोक्नु भएको थियो– “छोरीको जात रुखमा चढे रुख मर्छ ।” ठूली भएँ र जब वनस्पति विज्ञान पढें । पढ्दा पनि भेटाएइन– नारीको स्पर्शसँग वृक्षको जीवन मरणको कुनै सम्बन्ध छ ।
“रुखचढी केटी” भन्ने भनाइमा केही अल्हडको अनुभूति हुन्छ जो केटीहरुका लागि उपयुक्त हुँदैन । केटीहरु लज्जालु, पाराश्रयी, डरपोक, द्विविधाग्रस्त, अल्पभाषी, मृदुभाषी भएनन् दोष देखियो भने उसलाई लाछी, नामर्द जस्ता विशेषण दिइने गर्छ । अर्कोतिर यदि कुनै लेखियो भने उसलाई लाछी, नामर्द जस्ता विशेषण दिइने गर्छ । अर्कोतिर यदि कुनै केटीमा दुस्साहस, घमण्ड, क्रोध, चन्चलता, आत्मनिर्भरता, कुण्ठाहीन, खुलापन आदि गुण भए भने उसलाई ‘पोथी बास्ने’ दोषको विशेषण प्राप्त हुने गर्दछ । तर ख्याल गर्ने कुरा, स्त्रीत्वको या पुरुषत्वको खुबी कसैैको शारीरिक गठन या चरित्रको विकाससँग गाँसिएको हुँदैन । यदि कसैले आफ्नो जिज्ञासालाई दबाउन, आँखा झुकाएर कुरा गर्न । खुम्चिएर बस्न, बढी नबोल्न सिकेको छ भने त्यसले अवश्य पनि आफ्नो शारीरिक विशेषता विरुद्ध अत्याचार गरेको ठहरिन्छ किनभने, शारीरिक तवरले होइन कि समाजद्वारा निधाएतिर आइमाईको स्वभाव आफ्नो शरीरमा आरोपित गर्नु परेको हो । अन्यथा, उसको सम्मानमा ठेस पुग्न सक्छ ।हिन्दु नारीहरुको लागि ‘सतीत्व रक्षा’ एकदमै महङ्खवपूर्ण कुरा हुने गर्छ किनभने, कसैप्रति एकाग्रता केवल नारीहरुको लागि मात्र निर्धारित हुनेगर्छ, पुरुषको लागि होइन । परपुरुषगमनले पतिव्रता नाश हुन्छ जसले गर्दा सतीत्व खतम हुन्छ । सामाजिक बाध्यताहरुलाई उल्लङ्घन गर्ने हो भने नारी ‘पतिता’ हुन्छे । तर पुरुष यदि स्वेच्छाचारी छ भने पनि ‘पतित’ हुँदैन । एक पुरुष चाहे जतिसुकै बहुगामी किन नहोस् बिहे गर्दा कन्या कुमारीलाई भन्नु पर्छ– “नैव च नैव च ।” म यस्ता कैयौं पुरुषहरुलाई जान्दछु, जसले पत्नीसँग सहवास गर्दा सेतो तन्ना यसकारण बिछ्याउँथे ताकि पत्नीको कौमार्यको परीक्षण होस् । तन्नामा रगतको दाग नपाएपछि उनले पत्नीको चरित्रमा शंका गरेका थिए ।
स्त्रीको योनी मुखमा एउटा पातलो जाली हुन्छ । यूनानीहरुको देवता “होइमेन” को नामबाट, यो आवरण वा जालीको नाम पनि “होइमेन” (सतीच्छेद) राखिएको छ । प्रसिद्ध स्त्रीरोग विशेषज्ञ सर नरमेन जेफकटले भनेका छन्– “प्रथम सहवासको बेला ‘होइमेन’ फाट्छ, फलस्वरुप अलिकति रक्तस्राव हुन पनि सक्छ र नुहन पनि सक्छ । होइमेन नफाटीकन पनि संभोग सम्भव छ । यसकारण कौमार्य प्रमाणित गर्न यही एउटा चिन्ह हो भन्ने कुरा विश्वासयोग्य हैन ।”
“सत्” या “सतता” शब्दसँग ‘सती’ शब्दको अलिकति पनि सम्बन्ध छ भने, मेरो विचारमा एउटी केटीले दश पुरुषसँग यौन सम्पर्क गरे पनि ‘सती’ रहन सक्छे र एउटी केटी एउटा पुरुषसँग सम्पर्क गर्दा पनि ‘असती’ हुन सक्छे । नष्ट (भ्रष्ट या खराब) शब्द पुरुषको लागि प्रयोग हुँदैन । स्त्रीको लागि मात्र प्रयोग हुनेगर्छ । अण्डा खराब हुन्छ, दूध खराब हुन्छ, नरिवल खराब हुन्छ र केटी पनि खराब हुन्छे । कुनै पनि वस्तु जस्तै केटीलाई पनि खराब भएको भनेर हाम्रो समाजले घोषणा गर्दछ । यस देशका शिक्षित एवम् बुद्धिमान आइमाईहरु यस्ता ‘खराब केटी’ हरुभन्दा आफू अलग रहेको देखाउन निकै सतर्क रहने गर्दछन् । वास्तवमा यसरी अलग रहने प्रवृत्ति सरासर घातक हो किनभने जहाँ सबै नारीहरु कुनै न कुनै प्रकारले प्रताडित छन् । त्यहाँ श्रेणी–विभाजनको प्रश्न बेकार हो । यो उपाधि प्रदान गर्न पाइयोस् मात्र । समाजको जनसंख्या यति टाढासम्म फैलिएको छ कि केटीहरु चाहेर पनि त्यसको पकडबाट अलग हुन सक्तैनन् ।
२० अक्टुवर १९८९ मा ‘राष्ट्रिय ग्रन्थ केन्द्र किताबको आवरण र साजसज्जा’ विषयको गोष्ठी भएको थियो, जसमा प्रो. मुस्तफा नरुल इस्लामले प्रकाशकको किताबलाई “माल” भन्दछन् भनेर क्षोभ व्यक्त गरेका थिए । यो अवश्य पनि एउटा अनुचित फत्तुर हो । त्यतिखेर म यो सोचेर आश्चर्यचकित भएँ, त्यो कुरा कति अनुचित होला, जब एउटा मान्छे अर्को मान्छेलाई “माल” भन्दछ ? माल एउटा अरबी शब्द हो, जसको अर्थ हुन्छ बिक्ने चीज । मुस्लिम हदीम शरीफमा लेखेको छ– “संसारका हरेक सामग्री उपभोग्य हुनु र संसारको सबभन्दा राम्रो सामान भनेको ‘स्त्री’ हो ।” विनिमय वस्तु जस्तै मूल्यवान् दासीको रुपमा मानिँदैन । सबै यस्तै भन्दछन् किनकि धर्मले उनीहरुलाई प्रेरणा दिन्छ, समाज र राष्ट्र यसैलाई प्रश्रय दिने गर्छन्, दिइरहेछन् ।
हाम्रो समाजमा “विहा गर्ने बेला भयो ” भन्नेजस्ता कुराको एउटा प्रचलन नै छ । जो समाजका विभिन्न वर्गमा भिन्नभिन्न आकारका सुइरालेझैं किशोरावस्था पार गरेकी युवतीका शरीरमा रोपिने गर्दछ । वास्तवमा यो केटीहरुका मनमा हालिएको दबाब हो, जसले केटीहरु प्रेमाशक्त हुने, भाग्य या आत्महत्या गर्नेजस्ता कामको लागि बाध्य हुन्छे । यसबाट मध्यमवर्गीय या निम्न मध्यमवर्गीय अभिभावक एक प्रकारले आफ्नो जिम्मेवारीबाट मुक्त हुन सफल हुनेगर्छ । उच्चवर्गीय परिवारमा “केटीको विवाह” एक हदसम्म खरीद– बिक्रीको कारोवार जस्तै हुने गर्छ । केटीभन्दा बढी आकर्षक हुने गर्छ– ऊसँग आउने सम्पदा । सम्पदा जोसँग जति छ त्यसै आधारमा केटी बिक्री हुने गर्छे ।
पहिले पाँचै वर्षमा केटीहरु घुम्टो हालेर लोग्नेको घर जाने गर्थे । यी प्रचलन धनी गरीब सबैमा समान थिए । आज पनि गाउँका केटीहरु, जसलाई उमेर सोध्दा बताउन सक्तैनन्, तिनीहरुसँग सोध्नुपर्ने हुन्छ– “विहा गर्दा ‘नछुने’ भएकी थियौ कि थिइनौ ?” र यदि भएको भए कतिपटक नछुने हुँदा बिहे भएको थियो ?
(केटीहरुले रक्तस्रावको हिसाब दिन सके भने विहा गर्दाको उमेर पत्ता लाग्न सक्छ किनभने रजोदर्शनको एउटा निश्चित उमेर हुनेगर्छ । एकपटक विहाको उमेर थाहा हुनासाथ पछिका दासत्वका वर्षको हिसाब गलाएर केटीको उमेर थाहा हुनसक्छ ।)
अझै पनि गाउँमा र केवल गाउँमा मात्रै किन शहरका वरिपरि पनि र शहरमा पनि, शिक्षा, चिकित्सा, पोषण स्वास्थ्य रहन–सहनदेखि जो केटी बन्चित छन् तिनीहरुलाई तीस हात अग्ला भएपछि विहेको खेल प्रारम्भ हुनेगर्छ ।बंगलादेशमा १५ देखि १९ वर्ष बीचका ७५ प्रतिशत केटी विवाहित छन् । जबकि पाश्चात्य युरोपका यस उमेरका एक प्रतिशत केटीको पनि विवाह हुँदैन । मेडिकल जुरिसप्रुडेन्सको भनाई छ– “स्त्रीको उमेर यदि सोह्र वर्षभन्दा कम छ र पतिको लिङ्गले पत्नीको योनीमा स्पर्श गर्दछ र यसबाट जो घटना हुन्छ त्यो बलात्कार हो र कानूनतः दण्डनीय हो ।”
एउटा जमान थियो, नछुने हुनुभन्दा पहिल्यै युवतीहरु विधवासम्म हुन्थे । पुतली खेल्ने उमेरमा नै शाकाहारी भोजन र एकादशीको ब्रत गर्न थालेर छोरी भए वापत प्रायश्चित गर्दथे । अझै पनि क्रमागत रुपले गर्भधारण गर्न र पालन गर्नको लागि किशोरावस्था पार हुनासाथ, जब यौवन फक्रन थाल्दछ, युवती सामाजिक बार्धक्य व्यहोर्न थाल्दछे ।
“जुन केटीले पढाइ–लेखाइ गर्दछे त्यो राँडी हुन्छे”, भन्ने भ्रम बंगलादेशी युवतीहरुमा धेरै समयसम्म रह्यो । कैयौं मानिस भन्दछन्, अब जमाना अर्कै आयो । त्यसो भए जमाना कति फरक भयो त ? कति केटीहरु किताब–कापी लिएर विद्यालय जान्छन् ? कति केटीहरु क्याम्पस, विश्वविद्यालय आदि ठाउँमा पढ्न जान्छन् ? जो जान्छन् तिनमा कति केटीहरु सामाजिक कुरीतिहरु नाध्न सक्छन् ? र वास्तविक रुपमा शिक्षित हुन्छन् ?
विश्वविद्यालयका सर्वोच्च डिग्री प्राप्त अनेक युवतीहरु भन्ने गर्दछन्– “साहेब” अझैसम्म घर आइपुग्नु भएन अथवा “साहेब” विदेश जानु भएको छ । “साहेब” शब्दको मूल आशय हो – मेरो मालिक, शासनकर्ता, सम्राट । जस्तो श्रीमान् न्यायाधीश साहेब, श्रीमान् सी.डी.ओ. साहेब आदि जस्तैजस्तै । साहेब शब्द पनि (नाम लिन नहुने), सम्मान सूचक व्यवहार हो । प्रसिद्ध युरोपका लोग्ने मान्छे, चिनियाँ लोग्नेमान्छे (ख्याल गर्नुपर्ने कुरा) । जापानका लोग्नेमान्छे आदिलाई यस्ता शब्द प्रयोग हुन्छन् ।
लोग्नेलाई “साहेब” कहिलेबाट भन्न थालियो, यो कुरा मलाई थाहा छैन । अघिअघि लोग्नेको नाम लिन स्वास्नी मानिसलाई बर्जित थियो । बंगला देश र नेपालमा पनि गाउँमा अझै पनि अद्भुत चलन यथावत छ । शहर या नगरमा अलिकति आधुनिकीकरण हुँदैन । अलिकति पढेका एवम् अलि धेरै पढेको स्वास्नी मान्छेहरु नामै नभनेर “साहेब” शब्द भनेर काम चलाउँछन् । उनीहरुको जीवनमा उनका “साहेब” ले भनेभन्दा कुनै पनि घटना हुन सक्तैन । मैले कैयौं चिकित्सक महिलाहरुलाई देखेकी, भोगेकी छु, जसले लोग्नेको अवस्थामा केवल लोग्नेकी स्वास्नी बनेर विदेश जान्छन् । त्यसपछि जुन घटना हुन्छ त्यो हो, लोग्नेले मजासित जागिर खान्छ र पत्नी विचरी भान्सामा प्याज काट्छे र अङ्ग्रेजी खाना पस्कन्छे । चिकित्सा विज्ञान पढ्नुभन्दा पागलकै पछि लाग्नु बरु पाँच, छ वर्षदेखि यता यिनीहरुको वर्तमानको लागि ठीक हुने थियो, यस कुरामा शंका छैन ।कुनै–कुनै स्त्री निकै गर्वसाथ भन्ने गर्छन्– “मेरो लोग्ने नोकरी गर्न मन पराउन्न । उसको लोग्ने माछा खान रुचाउन्न । त्यसैले माछा पकाउन बर्जित छ । उसको लोग्नेले घुमफिर पनि जाति मान्दैन । यसैकारण उसलाई पनि बाहिर घुम्न प्रतिबन्ध छ ।” यस अवस्थामा पत्नीको रुचि बारेमा कसैले वास्ता गर्दैन ।
हाम्रो देशको विश्वविद्यालयका उपकुलपति र उनकी श्रीमती विदेशमा बाह्र वर्ष बसेर स्वदेश आएका थिए । अलि टाढाको नातेदारसँग कुरा गर्दै थिए । गफ खतम भएपछि जब नातेदार जान उभिए, विदेशको बानीले गर्दा उपकुलपतिसँग हात मिलाए । त्यसपछि उनको पत्नीतिर हात बढाए । म त्यही“ थिएँ । मैले देखे“, उपकुलपतिकी पत्नी, मैले उनको नाम जान्दिनँ किनभने उनी उपकुलपतिकी पत्नी भएकोमा नै अधिक गर्व गर्दछिन् । आफ्नो दाहिने हातका औंला खुम्च्याउँदै यसरी तर्किन कि मानौं यो पाप गर्न कुनै हालतमा सहमत थिइनन् । दुई पटक उनले आफ्नो पतिलाई “देख्न त देखेनन्” को मुद्रामा छड्के आँखाले हेरिन् किनकि कतै लोग्नेले अप्ठेरो अनुभव त गरेनन् ? त्यसपछि उनको घरमा के के भयो, मैले थाहा पाइनँ । म केवल अनुमान गर्न सक्छु, पर–पुरुषको हात छुनु नारीको लागि कति तिरस्कार योग्य काम हुनेगर्छ ।
डिसेम्बर महिना चालु छ । अठार वर्ष पहिले नौ महिनासम्म सङ्ग्राम चलिसकेपछि बाँसका घारामा गहिरो रङ्गका माथि रातो, रातोको बीचमा पहेंलो रङ्गको नक्सा भएका कपडाका टुक्रा बाँधेर बालबालिकासँगै एउटा समूहले “जय बंगलादेश” को नारा लगाउँदै जुलुस निकालेको थियो, त्यो पनि डिसेम्बर कै महिना थियो ।
मयमनसिंह शहरमा सन् ८१ को मार्चदेखि नोभेम्बर महिनासम्म ठूलो मस्जिदका धर्मगुरु महोदयले आफ्नै हातले निमोठेर कैयौं मानिसहरुलाई कुवामा हालेका थिए ।यसै महिनामा शहरवासीहरुले कुवाबाट अनगिन्ती लाश झिकेर आफ्नो परिचितहरुका अनुहार खोज्दै थिए । मेरा नातेदार पनि खोज्दै थिए– युद्धमा मारिएका तथा अचानक हराएका आफन्तहरु, पाकिस्तानी सैनिकहरुले रुपियाँ, पैसा लुटेर जाँदा घरमा आगो पनि झोसेर गए । मेरा बुबालाई पनि पक्रेर बुट र बन्दुकका कुन्दाले हाने । दुईजना काकाहरुलाई गोली हाने र सडकको किनारामा फालिदिए । मेरो भाइको दाहिने आँखा निकाले । यसै महिनामा मुक्ति सङ्ग्राममा सामेल तीन मामामध्ये दुईजना आउनुभयो । सोह्र दिनपछि क्याम्पबाट मेरी सानीमा फर्किनु भयो । छिमेकीहरु, जो युद्धमा सामेल भएका थिए, कसैैको हात छैन, कसैैको खुट्टा छैन, तैपनि उनका परिवार तिनीहरु फर्केको देखेर खुशीले पागल भएका थिए र यो पनि डिसेम्बरकै महिना थियो ।
तर मेरी सानीमा फर्केर आउन भन्ने कसैले चाहन्नथे । मानौं, उनी नफर्के मात्र सबै खुसी हुने थिए । यति दिनसम्म म गर्वका साथ आफ्नो पिता, भाइ, काका, मामाको बारेमा वर्णन गर्दै रहें, गर्वका साथ आफ्नो क्षतिको बारेमा भन्दै रहें तर सानीमाको बारेमा केही बोल्न सकिनँ । आज म सारा प्रतिबन्ध भत्काउँदै सगर्व भन्दछु, “सैनिक क्याम्पको अँध्यारो कोठामा मेरी सानीमालाई बन्द गरेर दशजना कामुक नरपशुहरुले लगातार सोह्र दिनसम्म बलात्कार गरे ।”
हाम्रो समाज यस्ता सानीमाहरु पाएर गर्वित हुँदैन । ठूला–ठूला मान्छेहरुले सभा समितिहरुमा बलात्कृत नारीहरुको बारेमा ठूला–ठूला कुरा गर्छन् तर “बलात्कृत” नामक जघन्य अत्याचार बारे कसैले वास्ता गर्दैनन् ।
बाहिर जब बलात्कारका शिकार आमाहरु, बहिनीहरुको सम्मानमा राजनीतिक नेताहरु भाषण चिच्च्याइरहेका थिए, त्यसैबेला अपमानका हातबाट जोगिन मेरी सानीमाले सिलिङ पङ्खामा पासो लगाएर आत्महत्या गरेकी थिइन् । त्यो महिना पनि डिसेम्बर नै थियो ।
क्रमशआइमाईको हक (उपन्यास)
भाग–२
लेखकः तसलीमा नसरिन
अनुवादकः विनिता पौडेल