राष्ट्रिय प्रजातान्त्रिक पूर्व सैनिक संगठनले अवकासप्राप्त सुरक्षाकर्मीहरुको जीवनस्तर सुधार गर्न चैत्र २५ गते आन्दोलन गर्ने भएको छ ।बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी संगठनले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनका क्रममा राष्ट्रिय प्रजातान्त्रिक भु.पू. सैनिक संगठनका अध्यक्ष प्रकाशजंग कार्कीले राष्ट्रिय एकता, गतिसिल नेपाल र अवकासप्राप्त सुरक्षाकर्मीहरुको जीवनस्तर सुधार गर्न वृहत सद्भाव ¥याली निकाल्ने बताउनु भयो । उहाँले ¥याली चैत्र २५ गते भृकुटीमण्डपबाट निकालिने बताउनु भयो । ¥यालीको लक्ष्य अभिभावकिय राजसंस्था र विश्वमा एकमात्र हिन्दुराष्ट्रको पहिचान, वैदिक सनातन हिन्दुअधिराज्य र बहुदलिय प्रजातन्त्र, विकृतीपुर्ण संवैधानिक व्यवस्थाको खारेजीका लागि रहने बताउनु भयो । प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी, बहुदलिय प्रजातन्त्र, विकृतीपूर्ण संवैधानिक व्यवस्थाको खारेजीका लागि आफूले आन्दोलन गर्न लागेको बताउनु भयो । अवकाशप्राप्त सुरक्षाकर्मीको पहिचान, स्वस्थ्य बीमासहित निःशुल्क स्वस्थ्य सुविधा, विभिन्न निकायहरुमा अवकास प्राप्तहरुको हकहितको लागि आवाज उठाउने प्रतिनिधित्व, देशले नागरिकहरुमा दिएको सुविधामा भएको विभेदको अन्त्य, अन्य देशको सेनामा सेवा गरेका अवकासप्राप्तहरुको हकहित प्राप्तिका लागि आन्दोलन गर्ने पनि बताउनु भयो ।उहाँले संविधान संशोधनका लागि नागरिकहरुले दलहरुलाई दबाब सृजना गर्नसके शान्तीपूर्ण र दीर्घकालिन समाधान देशले पाउनुका साथै राष्ट्र र राष्ट्रियता दह्रो हुने बताउनु भयो ।