काठमाडौं । स्थानीय तहको भागबण्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ ।
सोमबार मध्यान्हदेखि वालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि आजै साँझ पुन बस्नेगरै बैठक सकिएको हो ।
शीर्ष नेता र गठबन्धनको निर्वाचन तयारीका साथैअनुगमन समितिको संयूक्त बैठक चुनावी तालमेलका विषयमा छलफल केन्द्रीत छ ।सयुक्त बैठकमा सहमति जुट्न नसकेपछि अब केहीबेरमा आ–आफ्नै दलले छुट्टाछुट्टै आन्तरिक छलफल गर्ने र बेलुका पुन संयुक्त बैठक बस्ने भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु देव गुरुङ र वर्षमान पुन, जनता समाजवादी पार्टीका अध्यक्षद्धय डा बाबुराम भट्टराई र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेल लगायतका नेताहरु सहभागी रहेका थिए ।