काठमाडौं । सरकारले गरेको निलम्बनको विरुद्धमा सर्वोच्च अदालत गएका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि आजबाट सुनुवाई हुँदैछ ।
अधिकारीको रिट हिजोमात्रै सर्वोच्च अदालतमा दर्ता भएको थियो । आज उनको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल एजलासमा सुनुवाई हुँदैछ ।अधिकारीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाललगायतले बहस गर्दैछन् ।अधिकारीले सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै रिट दायर गरेका थिए ।अर्थमन्त्री जनार्दन शर्मा र अधिकारीबीच टसल भएपछि उनलाई गत चैत २५ को मन्त्रिपरिषद् बैठकले निलम्बन गरेको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले भने गभर्नर अधिकारीले सरकारलाई सहयोग नगरेको कारण हटाउनु परेको स्पष्ट पारेका थिए ।