काठमाडौँ । नियम
१
सबैले पैसा कमाउन सक्छन्, धनले भेदभाव गर्दैन
धनको बारेमा रहेको एउटा राम्रो कुरा यो हो कि यसले साँच्चै कसैलाई भेदभाव गर्दैन । तपाईंंको रंग या जाति के हो, तपाईंं कुन वर्गको हो, तपाईंंका आमाबाबु के गर्थे या तपाईंको आप्mनो बारेमा के विचार छ भन्ने जस्ता कुराको यसले वास्ता गर्दैन । हरदिन खाली स्लेटबाट शुरु हुन्छ । यसले कुनै फरक पार्दैन कि बितेका दिनमा तपाईंंले के गर्नुभएको थियो । हरेक दिन नयाँ हुन्छ । तपाईंंसँग पनि अरुमा जति नै अधिकार र अवसर छन् । तपाईंं धनको भण्डारबाट जति चाहनुहुन्छ उति लिन सक्नुहुन्छ । तपाईंंलाई एकमात्र कुराले रोक्छ, त्यो हो तपाईंं आफैं र धनको बारेमा तपाईंंको मिथ्याधारणा ।
दुनियाँका सबै मानिससँग त्यति नै धन हुन्छ, जति उनीहरुले भण्डारबाट लिन्छन् । योदेखि बाहेक अरु भन्न नै के सकिन्छ र ? यस्तो कुनै तरिका छैन जसबाट यो थाहा पाउन सकियोस् कि पैसा कोसँग छ, ऊ कति पढेलेखेको मानिस हो, उसको महत्वाकांक्षा के हो या ऊ कुन वर्गको हो । पैसाको कान, आँखा या इन्द्रिय हुँदैन । यो त उपयोग या खर्च गर्नको लागि हुन्छ । बचाउन र लगानी गर्नको लागि हुन्छ । लडाउन या लोभ्याउन र मेहनत गराउनको लागि हुँदैन । योसँग भेदभावको कुनै मेशिन हुँदैन, त्यसैले यसले निर्णय गर्न सक्दैन कि तपाईंं यसको हकदार हो कि होइन ।
मैले धेरै धनी मानिसहरुलाई नजिकबाट नियालेको छु । उनीहरु सबैमा यही एउटा समानता हुन्छ त्यो हो, यो नियमको खेलाडी हुनु । यस बाहेक उनीहरुमा कुनै समानता छैन । धनी मानिसहरु अलग–अलग किसिमका हुन्छन्, जो मानिस धनी हुने सम्भावना एकदमै कम हुन्छ, ऊ नै धेरै धनी हुनसक्छ । ऊ सभ्यदेखि असभ्यसम्म हुनसक्छ, बुद्धिमानदेखि लिएर मूर्खसम्म हुनसक्छ, योग्यदेखि लिएर अयोग्यसम्म हुनसक्छ । सबै धनी मानिसले पाइला अगाडि सार्दै भन्ने गर्छन्, “हो, म धनको भण्डारमा आप्mनो भाग चाहन्छु ।” तर गरिब मानिसहरु भन्ने गर्छन्, “होइन मलाई चाहिदैन, म यसको लागि योग्य छैन । म यसको हकदार होइन । म यति लिन सक्दिन । मलाई धन चाहिदैन ।”
यो पुस्तक यसै विषयमा छ । यो पुस्तकले धन र धनी मानिसप्रति तपाईंंले हेर्ने दृष्टिकोणलाई चुनौती दिनेछ । हामी सबै मान्छौं गरीब मानिसहरु आप्mनो परिस्थिति, पृष्ठभूमि, वातावरण, लालन–पालनको कारण गरीब हुन्छन् । तर तपाईंंसँग यो किताब किन्ने पैसा छ र तपाईं यो दुनियाँमा तुलनात्मक सुरक्षा र आरामले बस्न चाहनुहुन्छ भने तपाईंंसँग पनि धनी बन्ने सामथ्र्य छ । यो मुश्किल हुनसक्छ, यो कठिन हुनसक्छ, तर यो गर्न सकिन्छ । यो नै पहिलो नियम हो–जो पनि धनी बन्न सक्छ, तपाईंंले बस धनी बन्ने संकल्प लिनु पर्नेछ र मेहनतको साथ काममा जुट्नु पर्नेछ । बाँकी सबै नियम उज्वलताको बारेमा छन् ।नियम
२
धनको बारेमा आप्mनो परिभाषा निश्चित गर्नुस्तपाईंको लागि धन के हो ? यदि तपाईं धनी बन्न लागिरहनु भएको छ भने सबैभन्दा पहिला तपाईंंले यो प्रश्नको जवाफ खोज्नु पर्नेछ । मैले देखेको छु धनी मानिसहरु धनी बन्नु अगाडि नै धनको परिभाषा सदैव निश्चित गर्छन् । उनीहरुलाई राम्रोसँग थाहा हुन्छ उनीहरुको दृष्टिकोणमा धनको अर्थ के हो ।
मेरो एउटा धनी र उदार साथी छ । ऊ भन्ने गर्छ, धेरै अगाडि उसको बिजनेस शुरु गर्दाको समयमा नै उसले आफूलाई कति बेला धनी मान्ने भनेर निश्चित गरेको थियो । उसले संकल्प ग¥यो जबसम्म ऊ आफूले जम्मा गरेको धन नै खर्च गरिरहेको हुनेछ (जसलाई हामी पूँजी भन्छौं) तबसम्म ऊ आफैंलाई धनी मान्नेछैन, जब ऊ आप्mनो पूँजीबाट मिल्ने ब्याजको पनि ब्याजले खर्च चलाउन थाल्नेछ तबमात्र आफूलाई धनी मान्नेछ । मलाई त यो परिभाषा धेरै राम्रो लाग्यो ।
त्यो साथीलाई राम्ररी थाहा हुन्छ कि हरेक घण्टा उसले ब्याजको ब्याज कति पाइरहेको छ । साँझ जब कोही डिनर गर्न जान्छ तब उसलाई थाहा हुन्छ डिनरको लागि कति खर्च लाग्नेछ, डिनरको अवधिमा उसले कति ब्याज कमायो । ऊ भन्छ, यदि खर्चभन्दा ब्याज धेरै भएमा ऊ खुशी हुन्छ ।
तपाईंंलाई लाग्ला यो धनको उच्च परिभाषा हो । सायद तपाईंं धनको परिभाषा यति उच्च निश्चित गर्न चाहनुहुन्न । अवश्य नै यसमा कुनै नराम्रो छैन । तपाईंं निश्चित धनराशिलाई धनको आधार बनाउन सक्नुहुन्छ । उहिले सबै मानिस मिलेनियर बन्न चाहन्थे । यो समयमा यो सजिलै थाहा पाउन सकिन्छ कि तपाईंं लक्ष्यसम्म पुग्नु भयो या भएन । आजको मितिमा धेरै मानिसहरुको घरको मूल्य मिलियनभन्दा बढी हुन्छ तर उनीहरु आफूलाई धनी मान्दैनन् । उनीहरुले अझैसम्म आफूलाई आप्mनो स्थितिभन्दा माथि उठाएर बिलेनियरसम्म बनाउने साहस जुटाउन सकेनन् ।
तुलनाको लागि म तपाईंंलाई आप्mनो परिभाषा बताउँछुः मसँग यति हुनुपर्छ कि मैले पर्याप्त पैसा हुने बारेमा चिन्ता गर्नु नपरोस् । पर्याप्त पैसा अर्थात् कति ? मलाई कहिल्यै थाहा हुँदैन । सधैं यो कुराको चिन्ता लागिरहेको हुन्छ, सधैं खर्च धेरै भइरहेको छ र आम्दानी कम । तर गम्भीरताले भन्ने हो भने मलाई लाग्छ कि जबदेखि मैले एक पाउण्डको साटो हजारौं गन्न थालें तबदेखि मलाई आनन्द छ । म जान्दछु कि मैले कति पाएँ, मलाई कतिको आवश्यकता छ र म कति खर्च गर्न सक्छु ।
केही मानिसले पैसाको चिन्ता नगर्नुको अर्थ हो, उसको परिवारमा आपतकालीन स्थितिको सामना गर्नको लागि पर्याप्त पैसा हुनु । तब तपाईंं यसलाई कसरी परिभाषित गर्नुहुन्छ ? आप्mनो कारको संख्याले ? नोकरको संख्याले ? बैंक ब्यालेन्सले ? आप्mनो घरको मूल्यले ? लगानीको पोर्टफोलियोले ? स्पष्ट छ कुनै पनि जवाफ सही र गलत छैन, तर मलाई यो लाग्छ कि जबसम्म तपाईंंले धनको परिभाषा निश्चित गर्नुहुन्न तबसम्म तपाईंं अगाडि बढ्नुहुन्न । यदि हामीसँग कुनै लक्ष्य छैन भने हामी निशाना साध्न सक्दैनौं । यदि हामीसँग कुनै लक्ष्य नै छैन भने हामी घर बाहिर निस्कन सक्दैनौं, हामी घण्टौंसम्म घुमिरहन्छौं । यदि हामीसँग धनको परिभाषा छैन भने हामी आप्mनो सफलताको जाँच या मूल्यांकन कसरी गर्न सक्छौं ? यदि हामीले यस्तो गरेनौं भने हामी यो कसरी थाहा पाउँछौ कि यो पुस्तक हाम्रो लागि कतिको उपयोगी साबित भयो ?नियम
३
आप्mनो लक्ष्य निर्धारण गर्नुस्धनको परिभाषा निर्धारण गरिसकेपछि अब तपाईंंसँग एउटा उद्देश्य हुनुपर्छ, आप्mनो लक्ष्य निर्धारण गर्नु र त्यो लक्ष्यसम्म पुग्ने टायमटेबल बनाउनु । यो धेरै सजिलो छ । तपाईंं कार चढेर कतै जान लागिरहनु भएको छ, तपाईं कति बेला बाहिर निस्कनु हुन्छ भन्ने कुरा तपाईंंलाई थाहा छ भने यो तपाईंंको बुद्धिमानी हो । घर बाहिर निस्कनु अगाडि ध्यान दिनुपर्ने कुराहरु–
तपाईंं कुन बेला घरबाट बाहिर निस्कनु हुन्छ ?
तपाईंंलाई कति बेलासम्म त्यहाँ पुग्ने आशा छ ?
तपाईंं कुन बाटोबाट जान लागिरहनु भएको छ ?
त्यहाँ पुगेपछि तपाईंं के गर्नुहुन्छ ?
धनी बन्नु पनि ठीक यस्तै हो । तपाईंंले पहिल्यै थाहा पाउनुपर्छ कि तपाईंंको विचारमा धनी बन्नुको अर्थ के हो ? तपाईंं त्यहाँ कसरी पुग्न चाहनुहुन्छ ? त्यहाँ पुग्नको लागि कति समय लाग्ने विचार गर्नुभएको छ ? त्यहाँ पुगेर तपाईंं आप्mनो पैसाले के गर्नुहुन्छ या के गर्न चाहनुहुन्छ ?
तपाईंंले पहिला नै यो कुरा थाहा पाउनु पर्छ कि तपाईंको विचारमा धनी बन्नुको अर्थ के हो ? तपाईंं त्यहाँ कसरी पुग्न चाहनुहुन्छ ? यसको लागि कति समय लाग्ने आशा छ ?
धनको आप्mनै परिभाषा निश्चित गरेपछि के तपाईं आफ्नो लक्ष्य तय गर्नुको महत्व बुभ्mन सक्नुहुन्छ । तपाईंं कसरी धनी बन्न चाहनुहुन्छ र यसको लागि कति समय लाग्छ, यस विषयमा सोच्नुस् । अनि आप्mनो लक्ष्य बनाउनुस् । यो सजिलो हुनसक्छः “म चालीसौं जन्मदिनसम्ममा मिलेनियर बन्नेवाला छु र म आप्mनो प्रोपर्टी डेभलपमेन्ट कम्पनीको माध्यमले पैसा कमाउनेछु ।”
यो सजिलो थियो । मेरो मतलब हो, यो मेरो लागि सजिलो थियो किनकि म तपाईंंलाई मात्र उदाहरण दिइरहेको छु । म शर्त लगाउँछु कि तपाईंंको लागि यो केही मुश्किल हुनेछ । यस्तो यसकारणले हो कि तपाईंंले यस बारेमा पहिला सोच्नु समेत भएको थिएन होला । हो, यो हुनसक्छ कि तपाईंंले कहिल्यै त्यत्तिकै कुनै सपना देख्नु भएको छैन– म धेरै धनी, प्रख्यात या सफल बन्न चाहन्छु भन्ने सपना । तर मेरो विचारमा धेरै कम मानिसहरु मात्र धनी, प्रख्यात र सफल बन्न सक्छन् र उनीहरु नै वास्तवमा के, कहिले र कसरी आदिको फैसला गर्छन् । यदि तपाईंं धनी बन्न चाहनुहुन्छ भने तपाईंंले पनि यही गर्नु पर्नेछ । मलाई थाहा छ, तपाईं धनी बन्न चाहनुहुन्छ नत्र तपाईंंले यो किताब किनेर पढ्नु हुने थिएन । यो तपाईंंको लागि राम्रो हो ।
अब आप्mनो लक्ष्य निश्चित गर्नुस् । म पर्खिन सक्छु ।
पर्खिनुस्, म आएँ ? तपाईंंले कुन लक्ष्य निश्चित गर्नुभयो ? तपाईंंको लक्ष्य यथार्थवादी, इमान्दार र हासिल गर्न योग्य हुनुपर्छ । यथार्थवादी भन्नुको मतलब हो कि यदि तपाईंं संसारको सबैभन्दा धनी मानिस बन्ने लक्ष्य बनाउनु हुन्छ भने यो सिद्धान्ततः पूरा हुनसक्छ तर वास्तविकतामा पूरा नहुनसक्छ, यसैले यो यथार्थवादी लक्ष्य हैन ।
इमान्दार भन्नुको मतलब हो कि तपाईं आफूप्रति इमान्दार रहनु पर्छ र यस्तो लक्ष्य निर्धारण गर्नु पर्छ जुन लक्ष्य सँगै तपाईंं बाँच्न सक्नुहोस् र काममा जुट्न सक्नुहोस् । आफैंसँग झूटो बोल्नुको अर्थ हो, तपाईंं असफल हुनु ।
हासिल गर्न योग्य ? हो, यो पनि । यदि तपाईंंलाई प्रोपर्टीको बारेमा केही थाहा छैन र सिक्न पनि चाहनुहुन्न, तपाईंंसँग कुनै पूँजी छैन र तपाईंंले ऋण पनि पाउनु भएन भने प्रोपर्टी डेभलपर बन्ने लक्ष्य बनाउनु यथार्थवादी, इमानदार या हासिल गर्न योग्य हैन ।
तपाईंं आप्mनो लक्ष्यबाट खुशी हुनुहुन्छ ? राम्रो कुरा हो । अब हामी अगाडि बढ्छौं किनकि हामी चाहन्छौं कि तपाईंं छिट्टै काममा जुट्नु होस् ।