काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाइक्षेत्र इयुको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले इयुको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका साथै आईकाओको रिपोर्ट सहित बैठकमा उपस्थीत हुन पर्यटनमन्त्रीलाई निर्देशन दिएको हो । इयु सेफ्ट लिष्टमा कति दिनभित्र नेपाल पर्छ भन्ने जानकारी सहित उपस्थीत हुन पर्यटनमन्त्रीलाई निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।बैठकले नेपाल एयरलाईन्सलाई कोरियामा उडान भर्नका लागि भइरहेका कार्ययोजनासहित उपस्थीत हुन पनि पर्यटनमन्त्रीलाई निर्देशन दिएको उहाले बताउनुभयो ।त्यस्तै पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनापछि बनेको जाँचबुझ आयोगको प्रतिवेदन समितिमा उपलव्ध गराउन पनि निर्देशन दिएको सभापति यादवले बताउनुभयो ।त्यस्तै बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित दुई विधेयकको अवस्थाका बारेमा जानकारी गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।