
काठमाडौं । सेयर बजार मंगलबार पनि २७ सय घटेको छ । ।अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो । आज नेप्से ७.६६ अंक घटेपछि २,६९७.०४ विन्दुमा झरेको छ ।आज ८६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५३ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर छ ।चार अर्ब ३४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडमा खुम्चियो ।बजार घट्दा कारोबार रकम पनि घटेको छ ।मिथिल्ला लघुवित्त, हिमालय पावर पाटनर्स, भूगोल इनर्जी, पाँचथर पावर, धौलागिरी लघुवित्तको सेयर उच्च कमाउने शीर्ष स्थानमा रहे ।समूहगत सचूकतर्फ अन्य इन्डेक्स ०.११ प्रतिशत बढ्दा बाँकी समूहको सेयरमूल्य घटेको छ ।




























