
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको बताउनुभएको छ ।आइतबार काठमाडौंमा गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै धम्की नदिन प्रचण्डलाई सुझाव समेत दिनुभयो ।शनिबार काठमाडौंमा आयोजित खवरदारी सभामा प्रचण्डले हतियार मात्रै बिसाएको र चलाउन भने नबिर्सिएको अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिको जवाफ दिदै प्रधानमन्त्री ओलीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाउनुभयो ।त्यस्तै प्रधानमन्त्री ओलीले बितेका केहि बर्षहरुमा संघको छवि कमजोर हुँदै गएको भन्दै संघलाई गैर आवासीयहरुको साझा संस्था बनाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने जिकिर गर्नुभयो ।संघलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न उहाले आग्रह गर्नुभयो । उहाँले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न समेत सुझाव दिनुभयो । ....उहाले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गर्नुभयो ।




























