कास्की । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ।शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।अन्ततः उनको टिकट फिर्ता लिएर थापालाई टिकट दिइएको हो। उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छन्। यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताए पनि अहिले मौन छन्।थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन्। थापालाई रोक्न पृथ्वी सुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए। तर उनको कार्ड सफल हुन सकेन।अन्ततः थापालाई टिकट दिइएको छ। थापा २०५४ सालमा पनि पोखराको मेयर भएका थिए। २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।