दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि भएको आन्दोलनमा समाचार संकलन गर्न गएका बेला रजकको तीनकुनेस्थित एक स्थानीयको घरमा आगलागी हुँदा निधन भएको थियो ।

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम भएको हो । उनको पोस्टमार्टन नहुँदै उनलाई गोली लागेको भ्रामक हल्ला फैलिएपछि पोस्टमार्टम गर्नुअघि एक्स रे गरिएको थियो ।त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोटमा गोली उनलाई नलागेको खुलेको एक चिकित्सकले बताए ।श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखियो । जब आगो लाग्यो, उहाँ जीवित नै हुनुहुन्थो भन्ने कुराको पुष्टि भयो । उहाँको मृत्युको कारण जलेर भएको हो । उनको जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ । साथै उनलाई मारेर जलाइएको भन्ने हल्ला पनि भ्रामक रहेको पुष्टि भएको छ ।




























