
काठमाडौं । सरकारले मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा कर वृद्धि गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मदिरा, बियर, सुर्ती र विद्युतीय चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी गराएका हुन् ।
उनका अनुसार अन्तःशुल्क दरमा सामान्य वृद्धि भएको छ । स्वास्थ्य जोखिम करको दायरा विस्तार भएको पनि बजेटले व्यवस्था गरेको छ ।




























