पोखरा । पोखरा महानगरपालिकामा धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले ४१ हजार ७०५ मत प्राप्त गरेका छन् ।यसैगरी, एमालेका प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले ३८ हजार ३१० मत प्राप्त गरेका छन् ।