रोशन घर्ती मगर, काठमाडौं । कुनै पनि विचार आफैंमा सत्य र असत्य हुदैन। डिकुरासंग कुरा गर्दै सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाद प्रसाईले कुनै पनि विचार आफैंमा सत्य र असत्य नहुने बताएको हुन् ।
पुराना पार्टी असफल भए भनेर सचेत नेपाली पार्टीले सर्वपहिचानवाद् नाम दिएर नयाँ विचार प्रतिवादन गरेको भनिएको थियो । तर यसमा जनता आकर्षित भएनन् ? के यो विचार पनि सत्य नभएको प्रमाण हो भन्ने प्रश्नमा प्रसाईले यस्तो बताएका हुन् ।'विचार आफैंमा सत्य असत्य हुदैंन यो त सत्य पुग्ने साधन मात्र हो । जस्तो हामी गाडी चढेर पोखरा फेवाताल हेर्न जाने भन्यौ, अनि गाडीमा चढेर खै यहाँ त पानी पनि छैन् ताल पनि छैन गाडीमा हेरेर त पाउँदैनौ । गाडी भनेको पोखरा फेवातालसम्म पुग्ने साधन मात्र हो ।' उनले भने ।त्यो बुद्धको विचार होस् कि वेदको विचार होस् । विचारलाई अनुशरण गरेर सत्यमा पुग्ने बाटो मात्र हो ।सर्वपहिचानवादको जुन विचार लिएर आएका छौ यो विचारबाट हामीले नेपाललाई जोड्ने साधन हो । नेपाली नेपाली बिच भावानात्मक रुपमा जोड्न सक्छौ । पृथ्वीनारायण शाहले जसरी भुगोललाई जोड्नुभयो । त्यसैगरी भावानात्मक रुपमा जोड्न सक्छौ । अहिले सार्वजनिक बजेट हेर्दा पनि नेपालीलाई जोड्न सकेको छैन् हामीले बजेट निमार्ण गरेको भए त्यो किसिमको बजेट निमार्ण गरेर विकास गर्ने थियौ ।हामीले नागरिकलाई सर्वपहिचानवादको विचार बु्झाउन सकेनौं भन्ने होईन् । हामी नागरिकको बिचमा गईरहेका छौ । उनले भने हामीलाई के लाग्छ भने सर्वपहिचानवादको विचारले यो देशको प्रगति गर्नसक्छ भन्ने लाग्छ । नागरिकले एकदिन हाम्रो विचार अंगाल्नुहुन्छ भन्नेमा पूर्ण विश्वस्त छौ ।