काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूले मुख्य प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याएर विजयी हुने दाबी गरेका छन् । २०५४ सालमा नै काठमाडौंको मेयर पदमा विजयी हुँदा ८४ हजार मत ल्याएको बताउँदै उनले आफूले चुनाव जितिसकेको घोषणा हुन मतदान दिन कुर्नुपर्ने बाध्यता रहेको बताएका थिए । 'म गणितमा एकदम प्रफेक्ट छु, गठबन्धनको दोब्बर मत ल्याएर चुनाव जितेर देखाउँछु लेखेर राख्नुस' उनले भने ।उम्मेदवारी दर्तापछि राष्ट्रिय सभागृहको प्रांगणमा पत्रकारहरुसँगको कुराकानीमा उनीसँगै उपमेयरकी उम्मेदवार सुनिता डंगोल पनि उपस्थित थिइन् ।