
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।सभामुख अर्यालले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख व्यक्त गर्नेछन् । साथै, प्राकृतिक विपद्मा परी स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको र ठूलो संख्यामा नागरिक बेपत्ता भएको घटनाप्रति प्रतिनिधिसभाले शोक व्यक्त गर्नेछ ।बैठकमा बाढीबाट घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउने, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्ने कार्यसूचीसमेत रहेको छ ।भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।



























