
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले शपथ ग्रहण गरेका छन् ।आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड'ले आइतबार नै नेपाली कांग्रेसका आचार्यलाई मन्त्री नियुक्त गरेका थिए ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।




























