
जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच खेल भएको थियो ।यो खेलमा दुवै टोलीका खेलाडीहरु भिडेका थिए । खेलका क्रममा कोलकाताका कप्तान नितिश राणा र मुम्बईका ऋतिक शोकिनबीच झगडा भएको थियो । यसपछि अब भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दुवै खेलाडीलाई ठुलो जरिवाना लगाएको छ । खेलमा मुम्बईले कोलकातालाई ५ विकेटले हराएको थियो ।खेलको क्रममा ऋतिकले नितिशलाई रमनदीप सिंहको हातमा क्याच गरेर आउट गरेका थिए । यसपछि २९ वर्षीय नितिश प्याभिलियन फर्कन थालेपछि २२ वर्षीय ऋतिकले उनलाई केही भने । यो सुनेर नितिश रिसाए र उनले ऋतिकलाई ब्याट देखाउँदै केही जवाफ दिए । त्यसपछि मुम्बईका स्ट्यान्ड इन कप्तान सूर्यकुमार यादवले हस्तक्षेप गरेर दुईबीचको भिडन्त रोके । यसपछि नितिश प्याभिलियन फर्किए ।तर खेलपछि म्याच रेफ्रीले घटनाको संज्ञान लिँदै दुवैलाई दोषी ठहर गरेका छन् । उनले दुवैलाई जरिवाना गरेका छन् । नितिशलाई म्याच फिसको २५ प्रतिशत र ऋतिकलाई १० प्रतिशत जरिवाना गरिएको छ । नितिशलाई आईपीएल आचार संहिताको लेभल वन अपराधको अनुच्छेद २.२१ उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको थियो । यससँगै ऋतिकलाई आईपीएल आचार संहिताको लेभल वन अफेन्सको अनुच्छेद २.५ उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको छ ।सूर्यकुमारलाई पनि जरिवानाआइपिएल आचारसंहिताको लेभल-१ उल्लङ्घन भएको अवस्थामा, म्याच रेफ्रीको निर्णय अन्तिम हुनेछ । यति मात्र होइन, यस खेलमा मुम्बईको कप्तानी गरेका सुर्यकुमार यादवलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको छ । यसअघि हार्दिक पाण्डेय र सञ्जु सामसनलाई पनि स्लो ओभर रेटका कारण १२ लाख जरिवाना गरिएको थियो ।




























