गर्भधारण गर्नुभन्दा अगाडि आप्mनो शारीरिक क्रियाको बारेमा जान्नु आवश्यक हुन्छ ।
त्यसो त शरीरको सामान्य ज्ञान सबैलाई हुनुपर्छ तर प्रजनन्को ज्ञान हर स्त्री र पुरुषको लागि जरुरी हुन्छ । खासगरी उनीहरुलाई जो वैवाहिक सूत्रमा बाँधिन गइरहेका छन् ।
हाम्रो देशमा पनि शिक्षित स्मार्ट क्यारियरमा विश्वास राख्नेवाला आधुनिक युवकहरुले पनि प्रजनन्को बारेमा निकै कम ज्ञान राख्छन् ।
केही स्त्री र पुरुष सेक्स र प्रजनन्सँग जोडिएको स्वास्थ्य समस्या उत्पन्न भएपछि मात्र जानकारी प्राप्त गर्न चाहन्छन् ।
एक पटक बैंकमा कार्यरत महिलाहरुको लागि आयोजित स्वास्थ्य कार्यक्रममा एक सहज प्रश्न सोधियो कि मासिक धर्म किन र कसरी हुन्छ ? तर कसैले पनि यसको जावफ दिन सकेनन् ।
मासिक धर्म, एम.सी. या पीरियड रजोकालमा हर महिना हुने एक हर्माेन नियन्त्रित क्रिया हो ।
हर महिना ४–५ दिनको रक्तश्राव रोकिनुको साथसाथै गर्भाशयको आन्तरिक पत्र क्रमश मोटो र परिवर्तित हुँदै जान्छ । चौथो हप्ताको अन्त्यतिर यो आफसेआफ फुट्छ । जसबाट रक्तश्राव हुन्छ जुन रगत योनिमार्गबाट बाहिर आउँछ । जसलाई हामी आम भाषामा एम.सी. अथवा महिनावारी आदिजस्ता नामले चिन्दछौं ।
केटीको मासिक धर्म नियमित रुपमा हुनुले यो देखाउँछ कि उसको प्रजनन् अंगको रचना या क्रिया सामान्य छ ।
मासिक धर्ममा हुनेवाला हर्मोनको परिवर्तनप्रति महिना अण्डाको फलिकरण विकास र विमोचन पनि गर्छ र यो प्रक्रियाको लक्ष्य गर्भाधारण नै हो ।
जब गर्भ बस्छ तब गर्भाशयमा विकसित मोटो तहले गर्भलाई सुरक्षा र पोषण प्रदान गर्छ जुन यस कारणले टुक्रिदैन । त्यसपछि मासिक धर्म रोकिन्छ ।
गर्भधारण स्त्रीको शरीरमा पूर्ण विकसित र विमोचित अण्डाको शुक्राणुसँग मिलन भएको कारणले हुन्छ ।
पुरुषसँग शारीरिक सम्बन्ध, यानि सम्भोगको फलस्वरुप शुक्राणु वीर्यको माध्यमले स्त्रीको शरीरमा पुग्छ,
जुन महिलाको महिनावारी नियमित छ उसको शरीरमा अण्डाविमोचन क्रिया मध्ये मासिक, यानि १४ दिनको वरिपरि हुन्छ ।
अण्डविमोचनको १३ औं र १८ औं दिनको बीचमा सम्भोग ग¥यो भने गर्भ रहने संभावना धेरै हुन्छ । अण्डविमोचनको जानकारी गर्भ रोक्न तथा गर्भधारणको लागि कोसिस गर्ने दुवै काममा उपयुक्त हुन्छ ।
यो जानकारी एकदमै नीजि हुनुको साथसाथै एक मौलिक विषय पनि हो तर विडम्बना यो छ कि यति महङ्खवपूर्ण हुँदा हुँदै पनि यसको ज्ञान हामीलाई परिवारबाट तथा पाठ्यपुस्तक बाट मिल्दैन ।
यौन सम्बन्धी समस्या र यौन रोगको बढ्दै गएको भिषणताको यो युगमा यौन शिक्षको बाटो अझै खुलेको छैन ।
विवाहित साथीहरुले यो दिशामा केही सहयोग गर्न सक्छन् तर टी.बी.मा देखाउने कुराले मार्गदर्शन गर्नुको साटो उत्तेजना पैदा गराउँछन् ।
यस्तोमा सेक्स केहो ? यसमा सही र गलत के हो ? सुरक्षित सेक्स के हो ? आदि कुराको ज्ञान हामीलाई भरपर्दो सेक्स सम्बन्धि पुस्तकको माध्यमबाट प्राप्त हुन सक्छ ।
सेक्स सम्बन्धि जानकारी भएको राम्रो किताब राम्रो प्रकाशनबाट किन्न सकिन्छ । इन्टरनेटद्वारा पनि यो विषयको बारेमा जानकारी पाउन सकिन्छ ।
विवाहपछि यौन सम्बन्ध, यानि सेक्स कहिले हुनु पर्छ ? यो एक अत्यन्त निजी प्रश्न हो । एक अर्कालाई माया नगरी सेक्स गर्नु आफैंलाई अरुमाथि थोपर्नु अनौतिक र अमान्य हो ।
आफैंलाई समर्पित गर्दा स्त्री सधैं आप्mनोपन, प्यार र सुरक्षाको विश्वास चाहन्छे । चरम सुखसम्म पुग्नमा उसलाई फेरि धेरै समय लाग्छ ।
पुरुषहरुमा यो प्रति एक सीधापन, हतार हुन्छ किनकि उनीहरुलाई उत्तेजित हुनमा धेरै समय लाग्छ । कुनै प्रकारको भावनात्मक तयारी या अपनत्व नजताइकन यो सब गर्नु पुरुषको लागि स्वभाविक हुन्छ तर भावनात्मक दृष्टिले नजोडी यसलाई गर्न सक्नु स्त्रीको लागि अस्वाभाविक छ । दुवैमा यस्तो खालको भिन्नता हुँदाहुँदै पनि यौन सम्बन्ध तब सुमधुर बन्न सक्छ जब दुवैले एकअर्काको कदर गर्छन्, संझन्छन् र सुविधा–असुविधाको ध्यान राख्छन् ।
विवाह पछि एकपटक यौन सम्बन्ध स्थापित भएपछि यो सक्रिय रुपमा दुवैको इच्छा र आवश्यकता अनुसार बराबर चल्छ ।
विवाहपछि यो सक्रिय यौन जीवनकालमा प्रजनन् अंगमा संक्रमण एकमात्र समस्या हो ।
केही महिलाहरुको प्रजनन् अंगको रचना नै यस्तो प्रकारले भएको हुन्छ कि त्यो छिटै संक्रमण भइहाल्छ ।
मूत्राशय, मूत्रनली या योनिमार्गको संक्रमणबाट धेरै महिला लामो समयसम्म समस्या भोग्छन् र उपचार गराउँछन् ।
संक्रमणबाट बच्नको लागि पति पत्नी दुवै मिलेर सेक्सलाई स्वच्छ र सुरक्षित प्रकारले गरिनु पर्छ । सहवासपछि अंगलाई स्वच्छ पानीले सफा गर्ने र स्वच्छा वस्त्र लगाउने संक्रमणबाट बच्ने उपाय हो ।
विवाहको समयमा लगभग ८० प्रतिशत युवक युवती प्रजनन् दृष्टिले सामान्य र सक्षम हुन्छन् । यसैले विवाहपछि गर्भधारणको संभावना धेरै युवतीहरुमा हुन्छ ।
विवाहको तयारीसँगै तपाईंले विचार गर्नुपर्छ कि तपाईंलाई कहिले बच्चा चाहिने हो ?
गर्भ रहेदेखि नै बच्चाको सही रेखदेख जोशजागर लगाएर स्वागत गर्नु जरुरी छ । यो तब मात्र संभव हुन्छ ।
पहिलो बच्चा विवाह गरेको डेढ या दुई वर्षपछि नै जन्मेको राम्रो हुन्छ । विवाह पछिको दुई वर्ष पति पत्नीले स्वच्छन्दताले व्यतीत गर्नुपर्छ ।
स्वच्छन्दताले व्यतीत गर्ने समय उनीहरुले एक अर्कालाई बुझ्ने, आफैंलाई एक अर्का अनुसार बनाउने, शिक्षा पूरा गर्ने, क्यारियर सेट गर्ने आदि दृष्टिले महङ्खवपूर्ण हुन्छ ।
बच्चा जन्मेपछि स्वच्छन्दता सकिनेछ । विकसित देशमा महिलाहरु स्वच्छन्द वैवाहिक जीवन र नियोजित गर्भधारणलाई धेरै महङ्खव दिन्छन् । यसले जीवनलाई गुणस्तरिय पनि बनाउँछ ।
यौन जीवनको सुरुवातमा महिलाहरुलाई पीडा र असुविधाको स्थिति सहन गर्नुपर्ने हुन्छ ।
पहिलो पटक या सुरुसुरुमा संभोग क्रियाको कारणले योनिमार्ग तानिनु, घाउ हुनु, हल्का चोट लाग्नु, संक्रमण आदि जस्ता समस्याहरु धेरै महिला भित्र हुन्छ ।
यो ठीक हुनमा समय लाग्छ । कसैकसैमा मूत्र संक्रमण हुन्छ जसलाई हनीमून सिस्टाइटिस भनिन्छ ।
बारम्बार मूत्र त्यागको इच्छा, पोल्ने वा दुख्ने यसको लक्षण हुन्छ । यो एक अति पीडादायक हो जसमा जीवाणु विरोधी या अन्य औषधी लिनुपर्छ ।
यस्तो हालतमा यदि गर्भाधारण भयो भने मूत्रसंक्रमणको औषधि लेख्न पनि चिकित्सकको लागि मुश्किल हुन्छ । महिला अत्यन्त कष्टमा हुन्छिन् । यो कुरा सबै जनालाई थाहा छ कि सबै प्रकारको जीवाणु विरोधी या दुखाइनाशक औषधी भु्रण विकासको लागि गलत हुन्छ । यो समस्या लगभग १५ प्रतिशत महिलामा हुन्छ ।
चिकित्साको दृष्टिले दिनभरि ओछ्यानमा सुतिरहनु वा अन्तिम समयसम्म यौन सम्बन्ध नगर्नु पर्ने हुन्छ ।
विवाहपछि पति आफंै यो स्थितिको सामना गर्न चाहँदैन, यदि महिलाको नयाँ जागिर छ भने त्यसमा पनि आँच आउन सक्छ । ध्यान दिनुपर्ने सबैभन्दा महङ्खवपूर्ण कुरा हो प्रसुति विज्ञानको अनुसार विवाहको तुरुन्तै बसेको गर्भको जटिलता दर धेरै हुन्छ र शिशुको वेट पनि सामान्यभन्दा कम हुन्छ ।
नयाँ घर र परिवारमा आफैंलाई ढाल्नु पर्ने समयमा थुप्रै नवविवाहिताहरुले तनावबाट गुज्रनु पर्ने हुन्छ ।
मानसिक तनावको कारण पोषण आहारा नलिनाको कारणले जटिलतादर र शिशुको कमजोरी बढ्छ, यस्तोमा विचार गर्नुस् कि यो हतारमा समझदारी हुँदैन ।
साधारणतया गर्भाधारणको हतारको पछाडि सबैभन्दा ठूलो कारण पारिवारिक वा सामाजिक दवाव हुन्छ । बच्चा कहिले हुने, यो अनेक पटक घरका मान्यजनहरुले तय गर्ने गर्छन् । तर यो हक बच्चाको आमाको हुनु पर्छ ।
नारी सशक्तिहरणको यो युगमा उसको नियोजित प्रजननमा ध्यान दिनु धेरै जरुरी छ ।
गर्भनिरोधको सम्पूर्ण जानकारी भावी दम्पत्तिलाई हुनु समयको माग हो ।
आजको यो सूचना औधोगिकको युगमा यो जानकारी हासिल गर्न धेरै सजिलो भएको छ तर ध्यान रहोस् उचित परामर्श लिनु पर्ने हुन्छ ।
यो विषयमा राम्रा राम्रो किताब र पत्रिकाहरु उपलब्ध छन् । धेरै म्यागेजिनहरु बजारमा उपलब्ध हुन्छन् । टी.भी. र इण्टरनेटद्वारा पनि जानकारी प्राप्त हुन सक्छ ।
डाक्टर तथा कुशल नर्सद्वारा पनि जानकारी लिन सकिन्छ ।
गर्भनिरोधको अनेकौं सामाग्रीसँग पनि जानकारी संलग्न गराइएको हुन्छ त्यसलाई ध्यानले पढ्ने जरुरी हुन्छ ।
तपाईंले कस्तो साधन प्रयोग गर्ने, के चीज अपनाउने, यो कुरा तपाईंले नै तय गर्नु पर्ने हुन्छ या फेरि पति र पत्नी दुवैले मिलेर तय गर्नु पर्छ ।
सबै साधनहरुको केही न केही हानिकारक प्रभाव हुने गर्छ तर लाभको मात्रामा यो धेरै कम हो ।
केवल हानिकारक प्रभावलाई ध्यानमा राखेर साधनको प्रयोग नगर्नु एक नकारात्मक दृष्टि हो । आवश्यकता तपाईंलाई हुन्छ साधनलाई हैन यो बुझ्नु जरुरी छ ।
सकारात्मक दृष्टिकोणले उठाइएको पाइला सही दिशामा जान्छ यही सोचेर जानकारी प्राप्त गरेर केही दम्पतिहरुले यो डिसिजन लिन सक्नेछन् कि कुन साधन उपयुक्त हुनेछ ?
यो मुद्दामा विवाह अगाडि या सुहागरातमा नै खुल्ला मनले विचार गर्नु पर्ने हुन्छ । त्यसो त सबै विवाह अगाडि कुरा गर्नु अप्ठ्यारो लाग्न सक्छ तर यो आवश्यक छ ।
प्रत्येक दम्पत्तिले गर्भाधारण गर्नुभन्दा पहिला सेक्स सम्बन्धी जानकारी अवश्य लिनुपर्छ ।
साधारण रुपमा सुरुको तीन र अन्तिमको डेढ महिनामा शारीरिक सम्बन्ध राख्नु हुँदैन पहिलो तीन महिनामा गर्भपात हुने र पछिल्लो डेढ महिनामा प्रसवको खतरा रहन्छ ।
आप्mनो लेडी डाक्टरसँग सल्लाह गर्नुस् कुन महिनामा र गर्भावस्थाको कुन चरणसम्म तपाईं सुरक्षित सम्बन्ध बनाउन सक्नु हुन्छ ।
यदि तपाईंको गर्भावस्था सुरक्षित छ भने त्यस बेला पनि तपाईंले केही सावधानीहरु अपनाउनु पर्ने हुन्छ ।
पत्नीको बदलिदै गएको शारीरिक संरचनाको कारणले यौन आसनमा केही परिवर्तन ल्याउनु पर्छ यसो लागि तयार रहनु पर्छ ।
पतिलाई यो कुराको पूर्ण जानकारी हुनुपर्छ कि पत्नीको बदलिदै गएको शारीरिक र मासिक स्थितिको कारणले उसको सेक्स इच्छा कम या धेरै हुन पनि सक्छ । यो कुरालाई लिएर तनावग्रस्त हुनु हुँदैन ।
पत्नीको मनमा यो भावना कहिल्यै आउन दिनु हँदैन । उसको शरीर बेडौल भएको कारणले ऊ सुन्दर देखिन्न अथवा ऊ प्रति तपाईंको आकर्षण कम हुँदै गइरहेको छ ।
पत्नीको इच्छा छैन भने पतिले जबर्जस्ती गर्नु हुँदैन ।
पत्नीलाई पतिले भावनात्मक रुपमा पूरा सहारा दिनुपर्छ ।
डाक्टरी निर्देशनको पालना पनि गर्नुपर्छ ।
प्रत्येक गर्भवती स्त्रीको अगाडि धेरैजस्तो यो समस्या व्यापक रुमा आउने गर्छ कि गर्भावस्थामा यौन सम्बन्धबाट अलग बस्ने या नबस्ने ।
धेरै परिवारहरुमा यो परम्परा रहेको हुन्छ कि कुनै नवयुवतीको पहिलो शिशु हुनको लागि प्रसव गराउनको लागि माइत पठाइन्छ ।
यो परम्पराको प्रारम्भ यसकारणले भएको होला कि गर्भावस्था अत्यन्त कोमल स्थिति हुन्छ ।
सहवासबाट अलग राख्नको लागि गर्भवतीलाई प्रायः माइत पठाउने गरिन्छ ।
यस्तो स्थितिमा जब पति सँगै रहन्छ तब एकान्तमा यौन सम्बन्ध राख्ने इच्छा जाग्नु स्वभाविक नै हो ।
केही स्त्रीहरुमा गर्भाधारण गरेपछि धेरै निखार आउँछ । उनको सौन्दर्य र आर्कषणले पनि पतिलाई आकर्षित गर्छ ।
तर चिकित्सा विशेषज्ञहरुको अनुसार गर्भावस्थामा यौनसम्बन्ध राख्दा गर्भलाई आवश्यक दवाव पर्छ ।
गर्भावस्थामा सम्भोग क्रियामा संलग्न स्त्रीहरुको शिशुमा पहेंलो तथा सासको रोग धेरै पाइएको छ ।
केही स्त्रीहरुमा संभोग क्रिया गर्दा रक्तचाप बढ्छ ।
सम्भोगको केही आसनले पेटमा दवाव परेर गर्भाशयको प्रक्रिया परिवर्तित हुन्छ ।
यस्तोमा कुनै रक्त बाहिनी या पोषक तत्वले जाने खालको बाहिनीलाई पनि हानी पु¥याउँछ ।
केही विशेषज्ञ यौन सम्बन्धको बारेमा परामर्श दिने गर्छन् किनकि गर्भावस्थाका पतिको धेरै सानिध्य पाउनु पर्छ ।
यस्तोमा पति शारीरिक स्पर्श तथा मैथुनद्वारा धेरै प्रसन्न बनाउन सक्छ ।
गर्भवती स्त्रीलाई संभोगबाट धेरै मानसिक शान्ति प्राप्त हुन्छ । यो सन्तुष्टि उसको गर्भ विकासको लागि आवश्यक छ ।
संभोग गरेपछि स्त्रीलाई राम्रो निद्रा लाग्छ ।
गर्भावस्थाका यौनसम्बन्धको बारेमा धेरै सावधान रहनु पर्छ ।
कुनै प्रकारको दवाव पेटमा पर्नु हुँदैन ।
पुरुषले यस्तो आसन अपनाउनु पर्छ जसले सफलताले पेटमा दवाव नदिइकन खुट्टा धेरैमाथि नउचालीकन नै संभोग गरोस् ।
पुरुषले गर्भावस्थामा धेरै शक्तिको उपयोग र आलिंगन गर्नु हुँदैन ।
यसले गर्भलाई आघात पुग्ने डर रहन्छ । धेरै शक्ति उपयोग गर्दा गर्भपातको पनि आशंका रहन्छ ।
चिकित्सकको अनुसार गर्भधारणको प्रारम्भिक तीन महिनामा संभोग गर्नु नै हुँदैन ।
यति बेला गर्भको सुरुवात हुन्छ र कुनै पनि अनावश्यक क्रियाले उसलाई हानि पु¥याउँछ ।
प्रसव हुनुभन्दा दुई महिना अगाडिको स्थिति अत्याधिक कोमल हुन्छ यो समयमा थोरै मात्र दवाव या आघातले गर्भपातको धेरै संभावना रहन्छ ।
यदि कुनै गर्भवती स्त्रीको पहिल्यै एक या दुई पटक गर्भपतन भैसकेको छ भने संभव भएसम्म चिकित्सकको अनुसार बिल्कुलै संभोग गर्नु हुँदैन ।
भावी आमाले गर्भकालको अन्तिम दुई महिनामा त्यो जीवन जिउनुपर्छ जो जीवन शिशुको जन्मपछि जिउने छ ।
एक उच्च बौद्धिक, आध्यात्मिक, सद्गुणी जीवन जिउनु, महापुरुषको जीवनबाट प्रेरण ग्रहण गर्नु, व्यायाम, पोषणको साथै एक नियमित जीवन जिउनु आदिबाट तपाईं शिशुको विकास गर्न सक्नु हुन्छ ।
संगीत र ललितकला अथवा जे गर्भिणीलाई रुचि हुन्छ उसको अनुसार तपाईं आप्mनो स्वस्थ बच्चाको जीवन तथा जीवन पद्धतिलाई दिशा दिन सक्नु हुन्छ ।
यो सम्बन्धमा प्रयत्न गर्नुस्, योजना बनाउनुस् र एउटा राम्रो जीवन जिउनुस् ।
गर्भवती महिलाले एन्टीबायोटिक्स गोली कहिल्यै उपयोग गर्नु हुँदैन किनकि यो उष्ण हुने हुँदा गर्भलाई धेरै हानि पु¥याउँछ ।
सबैभन्दा राम्रो तरिका यही हो कि डाक्टरको सल्लाह मान्नुस् । पति पत्नी दुवै जब मानसिक रुपमा तयार हुनु हुन्छ तब मात्र सेक्स गर्नुस् ।