चोरहरुका बीचमा जिसस क्राइस्टलाई यसरी क्रसमा झुड्याइएको रहेछ! एक वेश्याले क्रसबाट निकालेर उनलाई कहाँ लगेर राखिन् ?लेखकः अनातोले फ्रान्सईलियस लामिया, जो इटलीको एक उच्च वंशमा जन्मेका थियो । जब ऊ एथेन्समा दर्शनशास्त्र पढाउनको लागि गयो तब ऊ केटौले नै थियो । पछि ऊ रोमको एस्कुलिनमा आफ्नो विशाल भवनमा केही ऐयाश र नौजवान साथीको संगतमा परेर कलंकपूर्ण जीवन बिताउन थाल्यो । एक पटक ऊ माथि एउटा ठूलो राजनीतिक अफिसर सल्पीसियस कुनीरसकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको अभियोग लगाइयो, जुन सही साबित भयो । यसमा सम्राट तिबेरियस सीजरले उसलाई देशनिकाला गरिदियो । यो समयमा इलियस लामिया चौबीस वर्षको थियो । अठार वर्ष ऊ इटली बाहिर बस्यो, यो समयमा उसले सीरिया कप्पादेशिया, प्यालेस्टाइन र अर्मेनियाको यात्रा ग¥यो र अन्तिओक, सीजारिया र जेरुसेलमको शहरमा धेरै समयको लागि डेरा जमायो । तिबेरियस सीजरको मृत्युपछि जब कायस सम्राट बन्यो तब ईलियस लामियालाई रोम फर्केर आउने अनुमति मिल्यो र उसले आफ्नो सम्पत्तिको केही भाग फिर्ता समेत पायो । भाग्यको प्रहारले उसलाई बुद्धिमान बनाइदिएको थियो, अब उसले आफ्नो वर्गका स्त्रीसँग सम्बन्ध बनाउन छोडिदिएको थियो र राजनीतिको चालबाजी र उच्च पदको लोभबाट टाढा आफ्नो घर एस्कुलिनमा एकान्त जीवन बिताउन थाल्यो । समय बिताउनको लागि ऊ आफ्नो विगत यात्राको वर्णन लेखेर पुरानो कष्टलाई नयाँ सुखमा परिणत गर्ने गथ्र्यो । उसलाई अचानक एकदिन यस्तो महसुस गरेर ठूलो दुःख लाग्यो कि अब ऊ बूढो भएको छ । बैसठ्ठी वर्षमा इलियस लामियालाई धेरै जोडतोडको रुघाखोकीले घे¥यो, जसबाट पिण्ड छुटाउनको लागि उसलाई मुश्किल भयो । ऊ हावापानी बदल्नको लागि बाई गयो । यो समयमा त्यो स्थान धनी रोमवासीहरुले छुट्टी मनाउन जाने अति लोकप्रिय स्थान थियो । यहाँ फेशनपरस्तको भीडभाडमा एक्लै बसेको एक हप्ता भएको थियो कि एक साँझ उसलाई समुद्र किनारको टापुमा चढ्ने विचार आयो । यी टापुमा अंगूरको लहराले एउटा सुनौलो दृश्य सृष्टि गरेको थियो । शिखरमा पुगेर ऊ गोरेटो नजिकै एउटा रुखको छायाँमा बस्यो र चारैतिर फैलिएको सुन्दर देश हेर्न थाल्यो । बायाँतिर फ्लेग्रियाको नाङ्गो नीलो मैदान थियो, जुन कुमीको खण्डहरसम्म फैलिएको देखिरहेको थियो । दायाँतिर मिसेनम अन्तरीप तिहेन्निया सागरमा छुरीभैंm छिरेको थियो । त्यसको बिल्कुलै तल पश्चिमतिर ऐश्वर्यशाली बाई नगर फैलिएको थियो, समुद्रको किनारसँगै टेढोमेढो, जसको अग्लो अग्लो भवन पारि सागरको नीलो लहर नृत्य गरिरहेको थियो । बायाँको शान्त बगैंचा, त्यसको छेउछाउमा बनेको संगमरमरको बुर्जा र पत्थरको मूर्तिहरु यो उचाइबाट धेरै सुन्दर लागिरहेको थियो । खाडीको पारि ढल्दै गरेको सूर्यको सुनौलो आभाले रंगिएको कम्पानियाको प्रदेश थियो, जसको टुप्पामा पोसिलिप्पो पहाडमा उपवनको बीचमा चम्किएको मन्दिरले मानौं मुकट लगाइराखेको होस् । यसपछि क्षितिजमा कतै धेरै टाढा भेसुभियस पर्वत चमचमाइरहेको थियो । लामियाले आफ्नो लामो वस्त्रबाट एउटा गुटिका निकाल्यो । यो प्रकृति विज्ञानमा लेखिएको एउटा पुस्तक थियो । आरामले कम्मरलाई सहारा दिएर ऊ पढ्नमा मग्न भयो । यसरी पढ्न थालेको धेरै समय भएकै थिएन कि एउटा गुलामले उसको ध्यान भंग गरिदियो । त्यो गुलाम अंगूरको लहराको आडबाट आइरहेको एउटा डोलीको लागि बाटो छोडिदिन भनिरहेको थियो । डोलीको पर्दा उठेको थियो, यसैले लामिया त्यहाँ बसेको मानिसलाई हेर्न थाल्यो । त्यो मानिस धेरै उमेरको र धेरै मोटो थियो । टाउको हातले थामेर ऊ आलस्यपूर्वक झुकेको थियो । उसको अनुहारमा थकावट र तिरस्कारको भाव फैलिरहेको थियो । त्यो मानिसलाई देख्ने वित्तिकै लामियालाई लाग्यो कि ऊसँग उसको पहिला नै परिचय भइसकेको छ, तर उसलाई नाम थर याद आइरहेको थिएन, तब अचानक उसको अनुहारमा आश्चर्य र प्रसन्नताको भाव फैलियो । “पोन्टियस पाइलेट ! भगवान्लाई धन्यवाद छ कि हाम्रो फेरि भेट भयो ।” डोलीमा बसेको मानिसले आफ्ना गुलामलाई रोकिनको लागि भन्यो र लामियालाई हेर्न थाल्यो । “पोन्टियस, मेरो उदार पाहुना !” लामिया उत्साहले चिच्यायो, “के बीस वर्षमा मेरो कपाल यति सेतो भइसक्यो, मेरो अनुहारमा यति चाउरी आइसक्यो कि तिमी ईलियस लामियालाई चिन्न नसक्ने भयौ ?” ईलियस लामियाको नाम सुन्ने बित्तिकै मोटो मानिसले यति पूmर्ति देखायो कि त्यति पूmर्ति त उसको उमेर र आकारको मानिसबाट आशा गर्नै सकिन्न । ऊ आप्mनो डोलीबाट कुनै ठिटोभैंm ओर्लियो र लामियालाई उत्साहपूर्वक अभिवादन गरेर बोल्यो, “लामिया, मेरो प्यारो साथी, तिमीसँग फेरि भेट भएकोमा म धेरै खुसी भएको छु ! तिमीलाई देखेर त्यो बेलाको कुरा याद आउन थालेको छ जब म सीरियामा जुडियाको शासक थिएँ, तीस वर्ष पहिला हाम्रो भेट सिजारियामा भएको थियो । ती दिनमा तिमीलाई देश निकाला भएको थियो । जे जति म त्यो बेला तिम्रो सहायतामा गर्न सक्थें त्यो मैले गरें । तिमी पनि मित्रताको वशमा आएर मसँगै जेरुसेलम गएका थियौ जहाँ यहूदीले मेरो ज्यान आपतमा पारिदिएका थिए । त्यो अभागी शहरमा दस वर्षसम्म हामी दुवै सँगै बस्नु र प्यारो रोमनको कुरा गरेर आफ्नो दुःख बिर्सनु– के त्यो सब बिर्सन सकिन्छ ?” लामियाले आफ्नो पुरानो साथीको हात दबायो । “पोन्टियस, तिमीले केही कुरा बिर्सिरहेका छौ, तिमीले यो कुराको बारेमा केही भनेनौं कि तिमीले हेरोद अन्तिपाससँग मेरो प्रशंसा गरेका थियौ, आवश्यता पर्दा उधारो पनि दिएका थियौ । त्यसको लागि म तिमीप्रति कृतज्ञ छु ।” “अब हामी रुपैयाँ पैसाको कुरा गर्ने छैनौं, किनकि रोम फर्केपछि तिमीले आफ्नो एउटा स्वतन्त्र भएको गुलामलाई यति धेरै धन पठाइदिएका थियौ कि मैले तिमीलाई दिएको सबै कुरा ब्याज समेत फिर्ता पाइसकें ।” “साथी, तिम्रो ऋण धनले चुकाउन सकिदैन । केही छैन, छोडिदेउ यी कुरा । अब हामी तिम्रो बारेमा कुरा गर्नेछांै । तिमीप्रति भगवान्को कृपा रहेको छ ? के तिमीले त्यो सबै सुख पायौ, जसको हकदार तिमी थियौ ? तिम्रो परिवार तिम्रो स्वास्थ र तिम्रो कामकाज–यो सबको के हालत छ ?” “अब मैले आफ्नो पद छोडिसकेको छु र सिसिलीमा आफ्नो विर्तामा बसेको छु । मेरो धेरैजसो समय खेतीवारीको काममा बित्ने गर्छ र घरको हेरविचार मेरी छोरी पोन्शियाले गर्छिन् । भर्खरै उनको पतिको मृत्यु भएको थियो । भगवान्को कृपाले अझैसम्म मेरो दिमाग र शरीरमा कुनै विशेष प्रकारको खराबी आएको छैन । यो ढल्दो उमेरमा कुनै समस्या या बिरामी किन नहुनु ? मलाई पनि आजभोलि बाथको रोगले सताइरहेको छ । गठियाको कारण म यता र उता भौतारिरहेको छु–फ्लेग्रियाको मैदानमा एकप्रकारको औषधी गर्नको लागि म हिंडिरहेको थिएँ तिमीसँग भेट भयो । भनिन्छ रातको समयमा फ्लेग्रियाको तातो माटोबाट गन्धकको वाफ निस्कन्छ, जसबाट गठियाको दुखाई हटेर जान्छ र शरीर स्वस्थ बन्छ ।” “तिम्रो कारणले म आशा गर्छु कि मानिसहरुले ठीकै भन्छन् होला । त्यसो त बाथको दुखाइ बाहेक अरु कुरामा तिमी म भन्दा बूढो देखिदैनौ, हुन त उमेरमा तिमी म भन्दा दस बर्ष जेठो हौ । यो उमेरमा पनि तिमी यति चुस्त छौ जति म आफ्नो जवानीमा पनि रहेको थिइन । तिमीले आफ्नो सुबेदारी किन छोड्यौ ? सिसिलीमा बसेर किन सडिरहेका छौ ? म आएपछि तिमीले के कस्तो दुःख झेल्नुप¥यो ? मेरो विचार छ जब म कप्पादोशियामा खच्चर र घोडाको व्यापार गरेर केही पैसा कमाउनको लागि गएको थिएँ तब तिमी समारियाका मानिसहरुको एउटा विद्रोहलाई दबाउन जाने तयारी गरिरहेका थियौ । तिमीले आफ्नो उद्देश्यमा सफलता पायौ या पाएनौ ? मलाई त्यो सबै कुरा बताउ । मलाई तिम्रो हरेक कुरामा रुचि छ ।” पोन्टियस पाइलेटको अनुहारमा उदासी छायो । “तिमीलाई त मेरो बानी थाहै छ । म जे काम गर्छु त्यो राम्रोसँगले मात्र होइन पूरा मन लगाएर गर्छु । मैले जीवनमा जे गरें त्यो पूरा जीउज्यान दिएर गरें, तर यो सबैबाट मैले कहिल्यै फाइदा पाउन सकिन । ईष्र्या र छलकपट मेरो पछाडि पछाडि आउने गर्छ, घृणाको विषले मैले लगाएको विरुवा सडाइ दिएको छ । तिमी मसँग समारियाको विद्रोहको कुरा सोधिरहेका थियौ । आऊ, हामी यहाँ आरामले बसौं । म तिमीलाई त्यो घटनाको सारा वृतान्त सुनाउने छु । त्यो सबै मलाई याद छ जस्तो हिजो भर्खरै घटेको घटना होस् । सीरियाका जनतामा कहिले काहीं केही पागल उठ्छन् र त्यहाँका जनतालाई बराल्न शुरु गर्छन् । यस्तै एउटा पागलले समारियनलाई बहकायो र गेरिजिमको पहाडमा जम्मा पारेर त्यही हतियारबन्द गर्न शुरु ग¥यो । त्यो स्थानका मानिसहरुसँग वाचा ग¥यो कि उसले तिनीहरुलाई धेरै प्राचीन कालको मूसा नामक देवता या पैगम्बरद्वारा लुकाएको पवित्र अवशेष देखाउने छ । सीधा साधा मानिसहरु उसको कुरामा आए र हतियार जम्मा गर्न थाले । जब मैले यो सारा कुरा सुनें तब मैले त्यो मानिसले विद्रोह गर्न चाहेको कुरा बुझ्न समय लगाइन । मैले तुरुन्त त्यो पहाडको चारैतिर पैदल फौजको घेरा हालिदिएँ र छेउछाउका प्रदेशमा रेखदेखको लागि घोडसवारका दस्ता लगाइदिएँ । हिचकिचाउने समय थिएन । विद्रोही पहाडको माथि तिरथाबासम्म पुगेका थिए । मेरो पूmर्तिको फल यो भयो कि सारा काम कुशलतापूर्वक सम्पन्न भयो । विद्रोह पूर्ण रुपमा शक्तिशाली हुनु अगावै दबाइयो, विद्रोहीहरु बिनाकुनै हत्या हिंसा तितरबितर भए । मानिसलाई पाठ पढाउनको लागि मैले विद्रोही नेताहरुलाई कुकुर मारेभैंm मारिदिएँ । अब तिमीलाई यो त थाहै होला कि सारा सीरियाका गभर्नर भिटेलियम कसरी मेरो पछि लागेको थियो । ऊ यस्तो शासन गथ्र्यो कि मानौं रोमको नोकर होइन, सीरियाको साथी होस् । समारियनहरुका केही सरदार भिटेलियसकोमा गए र रुनकराउन थाले । उनीहरुको कुरा सुनेर लाग्थ्यो कि सम्राटको शुभचिन्तक उनीहरु भन्दा ठूलो अरु कोही छैन । उसले यस्तो कुरा ग¥यो कि सारा झगडाको जड म नै हुँ । उनीहरु सबै तिरथाबामा मेरो हमलाबाट बच्नको लागि जम्मा भएका थिए । “भिटेलियसले उसको कुरा प्रेमपूर्वक सुन्यो र आफ्नो साथी मार्सेलसलाई जूडियाको नयाँ शासक नियुक्त गरिदियो । मलाई भन्यो कि म रोम गएर सम्राटको अगाडि आफ्नो कुरा पेश गरुँ । म तुरुन्त जहाजमा सवार भएर रोमतिर लागें । मेरो हृदय शोक र सन्तापले बोझिल भइरहेको थियो । हाम्रो जहाज इटलीको किनारमा पुग्यो तब थाहा भयो कि सम्राट तिबेरियस सीजरको हालै मृत्यु भएको छ । “अब म नयाँ सम्राट कायसको शरणमा गएँ । उनी केही बुद्धिमान जस्ता देखिन्थे । उनलाई सीरियाको घटनाको बारेमा केही जानकारी पनि थियो । तर भाग्यको अगाडि कसैको केही चल्दैन । त्यही बेला सम्राटसँगै उनको बाल्यकालको साथी अग्रिप्पा बसेको थियो । यो अग्रिप्पा यहूदी हो । भाग्यको खेल त हेरन । अग्रिप्पा भिटेलियसको साथी निस्कियो, किनकि भिटेलियस अन्तिपासको विरोधी हो र अग्रिप्पा पनि अन्तिपासको कटट्र दुश्मन हो । “जुन मानिसले अग्रिप्पालाई खुशी बनाउँछ उसले सम्राटलाई पनि खुशी बनाउने छ । सम्राट अरु कसैको कुरा सुन्दैनथे । अग्रिप्पाले मसँग भेट गर्न अस्वीकार ग¥यो । मैले बेमतलबमा बेइज्जती सहनु प¥यो । यदि मेरी छोरी पोन्शिया आफ्नो बूढो बाबुको सेवा गर्न नआएकी भए म अहिलेसम्म लाज र दुःखको कारणले मरिसकेको हुने थिएँ । यसरी अब म किसान हुँ । छेउछाउको प्रदेशमा सबैभन्दा राम्रो अन्न मेरो खेतमा उब्जन्छ । मेरो जिन्दगी अब बितिसकेको छ । आउने पींढीले नै मेरो र भिटेलियसको फैसला गर्नेछ ।” “पोन्टियस, मलाई थाहा छ तिमीले जे गरिरहेका थियौ त्यो रोमको भलाइको लागि गरिरहेका थियौ । तर यस विषयमा तिम्रो क्रोधी स्वभावले धेरै ठूलो काम गरिरहेको थियो । म जब जूडियामा थिएँ तब मलाई याद छ कैयौं पटक मैले तिमीलाई शान्त भएर शासन गर्ने सल्लाह दिएको थिएँ । तिमीभन्दा सानो र कैयौं धेरै कडा स्वभावको भएर पनि मैले यो भन्नु पथ्र्यो कि यहूदीहरुसँग शान्ति र सज्जनताको व्यवहार गर ।” “यहूदीसँग सज्जनता !” पोन्टियस पाइलेट लगभग चिच्यायो । “मलाई लाग्छ, यतिका वर्ष यहूदीहरुसँग बसेर पनि तिमी जस्ताको तस्तै रह्यौ । यहूदी मानवताका सबैभन्दा ठूलो शत्रु हुन् । उनीहरु घमण्डी, लुच्चा र खच्चर जस्तो जिद्दी हुन्छन् । कुनै इमान्दार मानिसको प्रेमसँग उनीहरुलाई केही मतलब हुँदैन । यहाँसम्म कि उनीहरु घृणाका योग्य पनि छैनन् । लामिया, उनीहरुसँग गरेको मेरो व्यवहार महान् आगस्टसले भनेको सिद्धान्त अनुसार हुन्थ्यो । जुन समयमा म जुडियाको शासक बनाइएको थिएँ, सारा साम्राज्यमा यो नियम लागू थियो कि अधिनस्थ राज्य आपसमा लड्ने छैनन् । साना शासकको काममा ठूला गभर्नरले दखल दिएको धेरै दिनदेखि कसैले सुनेको थिएन । मलाई आफ्नो कर्तव्यको पूरा ख्याल थियो । शासनको काम बुद्धिमानी र विनम्रताले गर्ने नीति मैले पूर्ण रुपमा पालन गरेको थिएँ । देवता मेरो कुराको साक्षी छन् । तर मेरो इमान्दारीको फल के भयो ?” “जाडोको समयमा पनि सीजारियाको सेनाले सधैंको जसरी आफ्नो शिविर जेरुसलममा हाल्यो । तिमी पनि त त्यो समयमा मसँगै थियौ जब पहिलो विद्रोह भएको थियो । तिमीलाई धेर थोर कुरा त याद छ होला । सेनाको हरेक दस्ताको झण्डामा सम्राटको तस्वीर बनाइएको हुन्थ्यो । उनीहरु सीजरलाई देवता मानेर पूजा गर्न अस्वीकार गर्थे । यति सानो कुरा पनि उनीहरुले बुझेनन् कि जब कसैलाई पुज्नु छ भने उसलाई देवता मानेर किन नपुज्ने ! “त्यहाँका पुजारी म भएको ठाउँमा आए र बनावटी नम्रताका साथ प्रार्थना गर्न थाले कि झण्डा शहरको पर्खाल बाहिर राखिने गरियोस् । मैले उनीहरुको कुरा अस्वीकार गरिदिएँ । साम्राज्यको गौरव र सीजरका देवताको विचार गरेर म यो बाहेक अरु केही गर्न सक्दिन थिएँ ? जब भीडले यो सुन्यो तब ऊ नियन्त्रणबाट बाहिर हुन थाल्यो । मैले सेनालाई हुकुम दिएँ कि उनीहरु आफ्नो हतियार भण्डारमा थन्काएर केवल लठ्ठीले विद्रोही भीडलाई धपाउन् तर मूर्ख समारियन त्यहाँबाट डेग चलेनन्, फौजको लठ्ठी खाएर पनि उनीहरुले त्यही बसेर हल्ला गरिरहे । “लामिया, तिमी आफैंले देखेका थियौ कि त्यो अवसरमा मेरो कति अपमान गरियो । भिटेलियसको हुकुममा झण्डा फेरि सीजारिया मगाइयो । यो यस्तो कुरा थियो जुन मलाई हुनु हँुदैनथ्यो । के इज्जत रह्यो मेरो ? सारा देवताको कसम खाएर म भन्न सक्छु कि आफ्नो जीवनमा एक पटक पनि मैले नियम उल्लंघन गरेको छैन । अब म बूढो भएको छु । मेरा दुश्मन र मेरो कुरा काट्न चाहनेहरु अब यो दुनियाँमा रहेनन् । म आपूmसँग गरिएको दुव्र्यवहारको बदला नलिकन मर्नेछु । म पछि कसले मेरो नामको रक्षा गर्नेछन् ?” एउटा लामो र दुःखद सास फेरेर पोन्टियस पाइलेट चुप भयो । लामियाले उसलाई ढाढस दिन शुरु ग¥यो, “ठीकै छ, त्यो भविष्यसँग तिमीलाई न कुनै आशा छ न भय, जसको बारेमा हामीलाई केही थाहा छैन । हामीलाई त्योसँग के मतलब कि मानिसले पछि हाम्रो बारेमा के सोच्नेछन् । हामीले आफ्नो जिन्दगी आफैंले देखेका छौं, त्यसको बारेमा सही राय पनि हाम्रो हुनसक्छ । यो कुराको तिमी पूरा भरोसा राख कि तिमी र तिम्रा अरु साथीहरुले तिम्रो उद्देश्यको असल नियतमा पूरा विश्वास राख्नेछन् । निसन्देह असल मानिस भएर शासन चलाउन सकिदैन । धर्म र दर्शनमा भनिएको दयाभावनाको कुरा वास्तविक जीवनमा अपनाउन सकिदैन ।” “लामिया, अब यो पुरानो कुरा छोडिदेउ । डुब्न लागेको घामको हल्का गर्मीले फ्लेग्रियाको मैदानमा उठ्ने गन्धकको बाफले बाथलाई धेरै फाइदा पुग्छ । यसैले म छिटै त्यहाँ पुग्न चाहन्छु । तर फेरि भेट भएकोमा हामी एकअर्काबाट छुटिने छैनौं, यो मौका त खुशी मनाउने हो । भोलि साँझ तिमी मेरोमा खाना खान आउन सक्छौ ? मेरो घर मिसेनम जाँदा शहरको किनारमा रहेको पहाडमा छ । त्यहाँको पोर्चमा वीणा बजाएर पशुहरुलाई मोहित गरिरहेको ओर्पिmयसको चित्र बनाएको छ । बस यति चिनारी काफी छ । भोलि म तिमीलाई पर्खेर बस्ने छु । फेरि जूडियाको पुराना दिनका कुरा हुनेछन् । ठीक छ बिदा देऊ ।” पोन्टियस पाइलेट आफ्नो डोलीमा सवार भयो । गुलाम डोली बोकेर आफ्नो बाटोतिर लागे । भोलिपल्ट लामिया ठीक समयमा पाइलेटको घरमा पुग्यो । खाना सादा तर सन्तुष्ट गर्ने खालको थियो । खाना खाँदा दुवै आ–आफ्नो रोगको कुरा गर्दै बसे– कुन रोगमा कुन उपचार अपनाइ सकिएको छ । ती रोगको लक्षण के हो आदि । रोगको कुरा गर्दा गर्दै विषयान्तर भयो र उनीहरु टापुमा भएको आफ्नो आकस्मिक भेटको बारेमा कुरा गर्न थाले । यो कुराकानीको विषय त्यो टापुबाट देखिने समुद्र किनारको सुन्दर दृश्य भयो । सन्ध्याको समयमा समुद्र किनारमा घुम्ने सुन्दर नर्तकीको कुरा गर्नमा लामियालाई विशेष आनन्द आयो । तर बूढो पाइलेटको यो कुरा धेरै अनौठो भयो किनकि ती नर्तकीहरुको फेशनको धेरै सामान विदेशबाट आउँथ्यो, त्यो सामानको लागि खर्च गरिएको रोमन धन धेरैजसो रोमका शत्रुहरुकोमा पुग्थ्यो । छिटै उनीहरु नयाँनयाँ निर्माण योजनामा कुरा गर्न थाले–कायसद्वारा पुतोएली र बाइको बीचमा बनाएको विशाल, पुल, समुद्रको पानी लुक्राइन र एवरनस झीलमा लग्नको लागि आगस्टसको नहरको योजना । “आप्mनो जमानामा यस प्रकारको निर्माण कार्यमा मलाई धेरै रुचि थियो,” पोन्टियस पाइलेटले भन्यो । “जब म जूडियामा लगाइएँ तब मैले जेरुसलमका मानिसलाई ताजा पानी उपलब्ध गराउने एउटा विशाल योजना बनाएँ । नक्सामा नहरको सारा बाटो बनाइएको थियो । इन्जिनियरसँग सल्लाह गरेर एकएक स्थिति निश्चित गरिएको थियो– कहाँ कति अग्लो बाँध लगाइने छ, एकएक विभागमा कति पानी जम्मा हुनेछ, तामाको विशाल तलाउमा कति मोटो पत्र लाग्ने छ, त्यसमा पानी लग्ने नाला कहाँ र कति लगाइने छ । यो प्रबन्ध पनि गरिएको थियो कि नालाबाट पानीको चोरी कसरी रोक्ने । कालिगढ र मजदूर राखिएका थिए र काम शुरु गरिएको थियो । तर जब यहूदीहरुले देखे कि हामी उनीहरुको सुख्खा शहरमा पानीको हाहाकार मेटाउनको लागि केके गरिरहेका छौं, तब उनीहरु हल्लाखल्ला गर्न थाले । मद्दत गर्न लागेका मजदूरमाथि हमला गरिदिए, जगको ढुंगा उखेले र धर्ती खनेर निर्माणको काम रोक्न थाले । यो भन्दा ठूलो जंगलीपन अरु के हुनसक्छ । तिमी मान या नमान भिटेलियसले उनीहरुको कुरा मानेर मलाई आफ्नो योजना पूरा गर्नबाट रोक्यो ।” लामियाले भन्यो, “तर यो निश्चित रुपमा भन्न सकिदैन कि मानिसहरुमाथि जबरदस्ती कुनै सुधार लाद्न सकिन्छ या उनीहरुको इच्छा विरुद्ध उनीहरुको भलो गर्न सकिन्छ ।” तर पोन्टियस पाइलेटले लामियाको कुरा शायद सुनेन । “पानी लिन अस्वीकार ! कस्तो बकवास कुरा ! तर यहूदीको लागि त हरेक रोमन वस्तु फोहोर हो । उनीहरुको लागि हामी म्लेच्छ हौं, हामी जेरुसेलममा हुनु नै अनाचार हो । तिमीलाई याद छ उनीहरु मेरो दरबारमा आउन पनि पाप ठान्थे, बाध्य भएर मैले आफ्नो कचहरी सडकमा लगाउनु परेको थियो । उनीहरु हामीलाई घृणा गर्छन् र डराउँछन् । तर किन ? अर्को देश, जहाँ हाम्रो अधिकार भएको छ, फल्नेफुल्ने भएको छ, हाम्रो झण्डा सँगसँगै दुनियाँको हरेक कुनामा शान्ति र स्वतन्त्रताले प्रवेश गरेको छ । जहाँ कहीं रोमको राज्य छ, मानिसहरुसँग बराबरीको व्यवहार गरिन्छ, जस्तो कुनै रोमनसँग गर्नुपर्छ, मानिसको आफ्नो रितिरिवाजलाई बढावा दिइन्छ र उनीहरुको काइदा–कानूनको कदर गरिन्छ ।” “यो पनि होइन कि इतिहासमा सीरियालाई सबैभन्दा पहिला नागरिक शान्ति पोंपेइको विजय यात्रापछि नै मिलेको होस्, यो भन्दा पहिला त झगडालू राजा एक अर्कालाई मारपिट गर्ने गर्थे । हामीले चाहने हो भने यी मन्दिर र पूजाघर लुटेर आफ्नो खजाना भर्नसक्थ्यौं । तर हामी यस्तो गर्दैनौ । बरु हामीले त अरुका देवीदेवताको रक्षाको भार पनि आफैंमाथि लिएका छौं । पेसिनसकी देवी मातालाई कसैले छुनसम्म छोएनन्, मोरीमेन र सिल्सियाको जुपीटरको मन्दिरको धन त्यहीं छ । यही हालत जेरुसेलमका यहूदी देवताको पनि छ ।” “रोमन साम्राज्यको छत्रछायाँमा आएर अन्तिओक, पामिरा र अपामिया अहिले सुखसमृद्धिको बाटोमा छन् । असभ्य अरब कबिलाको हमलाको डरले अब उनीहरुलाई सताउँदैन । उनीहरु रोमन देवता र सीजरको लागि पनि मन्दिर बनाउँछन् । सिर्फ यहूदी नै हाम्रो बाटोमा आएका हुन् । सरकारी ट्याक्स उनीहरुसँग जबरजस्ती असूल गर्नुपर्छ र उनीहरु सेनामा पनि काम गर्दैनन् ।” लामियाले बीचैमा बोल्दै भनिन्, “यहूदी आफ्नो पुरानो रीतिरिवाजसँग टाँसिएका छन् । उनीहरु सदैव शंकाको दृष्टिले हेर्छन् । मलाई पूरा भरोसा छ कि उनीहरुले शंका गर्नुपर्ने कुनै कारण छैन, तर उनीहरुलाई शंका छ कि हामी उनीहरुको रहनसहनको ढंग र उनीहरुको पुरानो काइदाकानून मेटाउन चाहन्छौं । तर पोन्टियस, माफ गर, मैले यो भन्नु नै पर्नेछ कि त्यहाँ तिम्रो व्यवहारले उनीहरुको यो शंका घट्नुको साटो बढ्थ्यो । उनीहरुलाई बेचैन बनाउनमा तिम्रो धेरै ठूलो हात थियो । तिमी उनीहरुको रीति र विश्वासप्रति आफ्नो तिरस्कार लुकाउनमा असफल रह्यौ । त्यहाँको सबैभन्दा ठूलो पुजारीको लुगा र धार्मिक आभूषण एन्टोइनेको बुर्जामा राख्न लगाएर तिमीले त्यसलाई चर्काइदिएका थियौ । हामीले यो कुरा मान्नु नै पर्नेछ कि चाहे यहूदी विद्या दर्शनमा हामी जस्तो बढेचढेका नहुन्, उनीहरु यस्तो देवतालाई मान्दछन् जसको परम्परा धेरै पुरानो छ, यो पुरानोपनको कारण नै त्यो देवता हाम्रो आदरको अधिकारी हुन्छन् ।” पाइलेटले यो सुनेर काँध झट्कायो । ऊ भन्न थाल्यो, “यहूदीहरुलाई देवताको प्रकृतिको सम्म सही ज्ञान छैन । उनीहरु जुपिटरको पूजा गर्छन् तर जुपिटरको नाम जुपिटर राख्दैनन्, उसलाई सिर्फ भगवान् भन्छन् । न त उनीहरु उसको मूर्ति बनाएर उसको पूजा गर्छन्, न उसलाई पत्थरको देवता मानेर उसको अगाडि झुक्छन्, जस्तो पूर्वका कैयांै देशमा हुनेगर्छ । उनीहरुले अपोलो नेपच्यून, मार्स, प्लूटो आदि देवीदेवताको बारेमा पनि केही सुनेका छैनन् ।” “तर पनि मेरो विश्वास छ कि कुनै जमानामा उनीहरु भिनसको पूजा अवश्य गर्थे । आज पनि उनीहरुका स्त्री आप्mनी देवीलाई परेवा भेटमा चढाउने गर्छन् । तिमीले पनि देखेको हौला कि उनीहरुको मन्दिर बाहिर परेवा बेच्ने मानिसहरुको भीड हुनेगर्छ । मलाई यस्तै एउटा घटना याद छ जब एउटा पागल मानिस परेवा बेच्ने मानिसको पसलमा छिरेको थियो र उसले पसलेलाई डर देखाएर भगाएको थियो । यहूदीका पुजारीहरुले उसको यो कामलाई धेरै ठूलो पाप भनेका थिए । परेवाको बलिदानले त निश्चय नै भेनसको पूजातिर संकेत हुन्छ... लामिया तिमी किन हाँसिरहेका छौ ?” “केही होइन, ममा एक प्रकारको विचार आएको थियो र मेरो मनमा अचानक यो कुरा आयो कि यदि यहूदीका देवताले तिम्रो कुरा सुनेर तिमीसँग बदला लिनको लागि रोमसम्म आए भने के हुन्छ ? तर हो, उनीहरुको जेहावामा पनि रोम किन नआउनु ? रोममा आइसिस र अनुबिस मतको मन्दिर छँदैछ, एशिया र अफ्रिकाका पनि अनेकौं देवताको मन्दिर यहाँ छ । सीरियाको बोना दिआको गधा सवारी रोममा निकालिन्छ । तिमीले सायद यो घटना त सुनेकै हौला कि तिबेरियस सिजरको राज्यकालमा एक लम्पटले उच्च घरानाकी एक महिलासँग भोग गर्नको लागि मिस्रीहरुको सींग भएका देवताको मखुण्डो लगाएका थिए । कस्तो देवताको कुरा, चाहे ऊ जहाँ कहिको देवता होस् रोम आयो भने ।” यो कुरा सुनेर जुडियाको पूर्व शासकको अनुहारमा मुस्कान फैलियो । जुडियाका देवता रोमसम्म पुग्न सक्छ– यो विचार उसको लागि उपहासको विषय थियो । “यहूदी आफ्ना देवता अरुमाथि कसरी लाद्न सक्छन् ? उनीहरु आफैं आफ्नो धर्मको सानोतिनो कुरामा एकमत छैनन् । तिमीले पनि देखेकै छौ होला कि उनीहरु बीसौं गुटमा बाँडिएका छन् र खुलेआम एकअर्कामा थुक्ने, गाली गर्ने गर्छन्, सधैं आपसमा लाठीबाजी गर्छन् र एकअर्काको दारी तान्न थाल्छन् । यदि कुनै मूर्ख मानिस पैगम्बर बन्ने जोशमा कुनै मन्दिर बाहिर बसेर उपदेश दिन थाल्छ भने अरु उसको सर्वनाशको कल्पनाले आफ्नो थोत्रोमोत्रो लुगा च्यात्न थाल्छन् । उनीहरुलाई यति पनि थाहा छैन कि दर्शनशास्त्रमा बहस कुनै एकान्त र गम्भीर स्थानमा हुनुपर्छ, देवताको कुरा हामीबाट लुकेको छ, हामी मानव त केवल सच्चाइको अनुमान लगाउन सक्छौं, त्यसो त उनी हाम्रा शुभचिन्तक हुन् ।” “तर अब यहूदीहरुमा पनि एक मत भएको छ, उनीहरु आफ्नो देवताको बारेमा केही सुन्न चाहँदैनन् । यदि कुनै यहूदीले उनीहरुको पुरानो शास्त्रमा शंका प्रकट गर्छ भने उनीहरु उसलाई सताएर मार्छन् । किनकि उनीहरु रोमन साम्राज्यमा छन् यसैले अब यो आवश्यक भएको छ कि सारा मृत्युदण्डमा हाम्रो स्वीकृति पनि होस् । परिणाम यो हुन्छ कि हाम्रो न्यायाधीशकोमा सधैं कुनै न कुनै मानिसलाई मृत्युको माग गर्नेहरुको भीड लागिरहन्छ । सयौं पटक मैले धनी, गरीब, सन्त साधु, र फकीर एक साथ लागेर कुनै अभागीको लागि मृत्युको माग गरिरहेको देखेको छु । हुन त यो कुरा मैले अहिलेसम्म बुझ्न सकेको छैन कि त्यो गरीबको अपराध के हुन्थ्यो । म त त्यो भीडमा र मृत्युदण्ड पाउने मानिसमा कुनै फरक देख्दिन थिएँ । यहूदीले कहिले मेरो लुगा तान्थे कहिले मेरो खुट्टा समाउँथे कि म छिटै त्यो व्यक्तिलाई मार्ने अनुमति दिउँ ।” “यस्तो हरेक दिनमात्र होइन, दिनको हरेक घण्टामा हुने गथ्र्यो । यो कुरामा म बाध्य थिएँ । जुडियाको शासक भएको हैसियतले मेरो काम उनीहरुको रीति रिवाज नष्ट गर्नु होइन, बरु जोगाइ राख्नु पर्ने थियो । उनीहरुको जिन्दगी र मृत्युको अधिकार मेरो हातमा अवश्य थियो, तर त्यसको प्रयोग म उनीहरुको काइदा कानून अनुसार मात्र गर्न सक्थें ।” “जब मैले पहिलो पल्ट शासन भार सम्हालें तब एक दुई कुराको जाँच गरेर दया गर्ने कोसिस गरें, तर यसो गर्दा उनीहरु भड्के । उनीहरुले सीजरको नाममा प्रार्थना पत्र पठाए कि म उनीहरुको धार्मिक रीतिरिवाजमा दखल गरिरहेको छु । भिटेलियस पनि उनीहरुको प्रार्थनापत्रको पक्षमा थिए । सिजरले मलाई चेतावनी दिए । ओह, कति पटक मेरो मनमा दुवै पक्षलाई कटाएर कागको आहारा बनाउने इच्छा आयो । यी सबै कुरालाई तिमी एउटा यस्तो सनकी बूढाको त्यो देशका विरुद्ध विष वमन नसम्झ, जसले उसको जीवन नष्ट गरिदिएको होस् । म यी सबैलाई राम्रोसँगले बुझ्छु । मलाई थाहा छ यो सबैको अन्त्य कहाँ हुनेछ । यदि यहूदीहरुको मटियामेट गरिएन भने एक दिन हाम्रो जुन हालत हुनेछ त्यो मैले देखिरहेको छु । “एउटा यस्तो समय आउने छ जब यी साना–साना विद्रोह गर्ने यहूदी आफ्नो सारा शक्ति लगाएर हाम्रो विरुद्ध उत्रने छन् । त्यो शक्तिको अगाडि नोमादी र पार्थीहरुको आक्रमण पनि फिका हुनेछ । यहूदी हरेक समय केही न केही योजना बनाउँछन् । हाम्रो नाश हर समय उनीहरुको सबैभन्दा ठूलो चाहना रहन्छ । यो बाहेक अरु के हुनसक्छ ? उनीहरुको धार्मिक विश्वास छ एक दिन उनीहरुको जातिको राजाले सारा संसारमा राज्य गर्नेछ । हामीले उनीहरुलाई जरैदेखि निमिट्यान्न पारिदिनुपर्छ । जेरुसेलमलाई तहसनहस पारिदिनुपर्छ । म त्यो दिन आफ्नो आँखाले हेर्न चाहन्छु जब जेरुसलमको पर्खाल ढल्ने छ, त्यहाँको हरेक घरबाट आगोको ज्वाला दन्कने छ र त्यहाँको सारा निवासी तरवारको धारमा पर्ने छन् । जुन दिन म उनीहरुको मन्दिर भएको स्थानमा हलो जोतेको देख्ने छु त्यो दिन मेरो आत्माले शान्ति पाउने छ । त्यो दिन यहूदीहरु प्रति न्याय हुनेछ !” लामियाले कुराकानीको विषय बदलेर कुनै अर्को कुरा गर्ने चाह्यो । “पोन्टियस, यो कुरा सजिलैसँग बुझ्न सकिन्छ कि यहूदीहरुसँगको तिम्रो अनुभवले तिमीलाई उनीहरुको शत्रु बनाइदिएको छ । तिम्रो दृष्टिकोण शासकको थियो, यसैले अविश्वास र घृणा उत्पन्न हुनु संभव थियो । तर म जेरुसेलममा घुम्नको लागि गएको थिएँ । मैले सधैं त्यहाँका मानिसहरुलाई भेट्नुपथ्र्यो । मैले उनीहरुको जीवनमा राम्रोपना र सोझोपना देखें, जुन तिमीले देख्न पाएनौ । मैले यहूदीहरु दयावान, दानी, सरल हृदय र बुद्धिमान भएको पाएँ, ठीक स्पार्टाको ग्रीक सन्त जस्ता । “पोन्टियस, तिमी आफैंले पनि देखेकै हौला कि तिम्रा सिपाहीहरुले सीधासादा यहूदीहरु, जसलाई आफ्नो नाम समेत लेख्न पढ्न आउँदैनथ्यो, उनीहरुलाई मारिदिएका थिए । यस्ता सिपाहीले दण्ड पाउनुपर्छ । म यो कुरा यसकारणले भनिरहेको छु कि हामीले आफ्नो सन्तुलन बिगार्नु हुँदैन । यहूदीहरुसँग मलाई कुनै लगाव छैन तर यहूदी स्त्रीहरु मलाई धेरै राम्रा लागे । त्यो समयमा म जवान थिएँ, सीरियाका हरेक स्त्री ममा एउटा यस्तो विचार जाग्रत गरिदिन्थे, त्यो ताता, रसिला ओठ, त्यो तरल, आकर्षक आँखा र उनीहरुको प्यारा तीर्यक् चितवन– जसले सुतेको आकांक्षालाई पनि जगाइदिन्थे । उनीहरु आफ्नो अनुहारको श्रृंगार बडो ध्यान र चतुराइले गर्छन् र आफ्नो आकर्षण बढाउनको लागि सुगन्धको प्रयोग पनि गर्छन् । यस्ता स्त्रीहरुले त रसिकका शिरोमणिलाई पनि मोहित बनाउने छन् । पोन्टियस पाइलेटले यो विचारप्रति आफ्नो घृणा लुकाएन । “म यस्ता शिकारीको चंगुलमा फस्ने खालको मानिस थिइन । लामिया जब हामी यो विषयमा कुरा गर्न थाल्छौं तब म तिमीलाई एउटा कुरा भनिदिन चाहन्छु, जुन मैले तिमीलाई अहिलेसम्म भनेको छैन । स्त्रीको बारेमा तिम्रो उच्छृंखल व्यवहार मलाई बिल्कुलै मनपर्दैन । जुन अपराधको लागि तिमीलाई देशनिकाला मिलेको थियो, त्यसलाई म नराम्रो सम्झन्छु । विदेशमा तिमी आफ्नो दुष्कर्मको सही दण्ड भोगिरहेका थियौ । “विवाह एक पवित्र संस्था हो– खासगरी हाम्रो वर्गका मानिसको लागि जसमा सारा रोमन साम्राज्य टिकेको छ । यदि तिमी गुलाम या विदेशी स्त्रीसम्म मात्र भ्रष्टाचार सीमित राख्छौ भने यसमा कुनै हर्ज छैन, त्यो हालतमा पनि यसको बानी लाग्नु हुँदैन । नराम्रो नमान, तिमीलाई प्रेमकी देवी भिनसको आराधना गर्ने शौख लागेको छ र मेरो दृष्टिमा तिम्रो सबैभन्दा ठूलो अपराध यही हो कि तिमीले विवाह गरेर रोमन प्रजातन्त्रको लागि नागरिक उत्पन्न गरेनौं ।” तर तिबेरियस सीजरद्वारा देशनिकाला गरिएको लामिया जूडियाका शासकको कुरा सुनिरहेको थिएन । ऊ विस्तारै सानो आवाजमा बोल्यो, “सीरियाका स्त्रीहरु ! उनीहरुको नाचमा कति सुकुमारता हुन्छ ! एउटा सानो भट्टीमा नाच्ने एक यहूदिनलाई मैले चिनेको थिएँ । भट्टीमा एउटा गलैंचा ओछ्याइएको हुन्थ्यो, एउटा दियो आफ्नो हल्का प्रकाशको साथ साथै धुवाँ पनि फैलाउथ्यो र त्यहाँ झाँझ बजाएर ती स्त्री नाच्थिन् । उनको हात यसरी चल्थे मानौं कुनै सर्प लहराइरहेको छ । कम्मर भाँच्दै उनी टाउको पछाडि लग्थिन्, जस्तो जमिनलाई छोएका कपालको बोझ उनको लागि भारी भएको होस् । उनको आँखामा यौवनको तरल अग्नि भएझैं लाग्थ्यो । उनको कम्मरको लचकताले क्लियोपेट्रालाई पनि ईष्र्या हुन्थ्यो । “मलाई उसको नृत्यमा विशेष लगाव भएको थियो । उसको सुस्त वजनदार संगीत–ध्वनि, धूपबत्ती बलेको सुगन्ध र अद्र्धनिद्रित वातावरण–यो सबले मलाई मोहित बनाएको थियो । जहाँ उनी जान्थिन्, म उनीसँगसँगै जान्थें । सैनिक, निर्धन जनता, भरिया उनका साथी थिए । एक दिन उनी अचानक कतै गइन् । त्यसपछि मैले उनलाई देखिन । उनको खोजीमा म यता र उता भट्किरहें, तर उनी भेटिइनन् । “केही महिनापछि मैले सुनें कि उनी एक उपदेशकको शिष्य मण्डलीमा भर्ती भइन्, जो यताउता उपदेश दिएर हिंड्ने गथ्र्यो । त्यो युवक गैलिलीमा बस्थ्यो जसलाई जीसस नजारिन भनेर बोलाउँथे । पछि कुनै अपराधको लागि उसलाई क्रसमा चढाइयो । तिमीलाई उसको बारेमा केही याद छ ?” “जीसस...” पोन्टियसले याद गर्ने कोसिस ग¥यो । “जीसस नजारिन छैन, मलाई उसको बारेमा केही पनि सम्झना छैन, मेरो उसँग कुनै मतलब थिएन ?”