
उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार आदेश सुनाएको छ । उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश सुनाएको हो ।पूर्वगृहमन्त्री बालकृष्ण खाणको हकमा न्यायाधीशद्वय पाण्डे र खरेलबीच राय बाझिएको छ । समशेर मियाँ, आशिष बुढाथोकी, सन्दिप रायमाझी, टेक नारायण रिजाल, टंक कुमार गुरुङ, केशब तुलाधार र रामशरण केसीलाई धरौटी तारेकमा राख्न आदेश भएको छ ।




























