
बुटवल– रुपन्देहीको तिलोत्तमामा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्ने प्रविधि व्यवस्था मिलाइएको छ । तिलोत्तमा शान्तिकुञ्जमा ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट सञ्चालनमा आएको हो ।
ट्राफिक लाइटको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले दुर्घटना न्यूनिकरण गर्न नगरपालिकाले पैदल यात्रुलाई सहज बनाउन नयाँ प्रविधि जडान गरिएको जानकारी दिए । धेरै दुर्घटना हुने क्षेत्र मानेर शान्तिकुञ्ज चोकको मुख्य सडकमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको राखेको उनले बताए । को भनाइ छ ।हाल तिलोत्तमाको कोटिहवा, ड्राइभरटोल, भलवारी, र मणिग्राम गरी विभिन्न चोकमा ट्राफिक लाइट जडान छन् । तर शान्तिकुन्जमा फरक प्रकारको ट्राफिक लाइट जडान भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बजिरसिंह बिष्टले ट्राफिक नियमको पालना गरी सवारी चलाएमा दुर्घटना न्यूनिकरण गर्न सकिने बताए ।‘पैदलयात्रुले स्वीच थिचेको ३ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ, गाडी रोकिन्छन् अनि पारीपट्टी यात्रुलाई बाटो काट्ने हरियो मानिसको सिग्नल आएपछि यात्रुले बाटो पार गर्छन्’ उनले भने, ‘त्यसको केहीबेरमा हाइवेमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ ।’




























