राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जिबि राईलाई पक्रिन नचाहेको बताउनुभएको छ ।मंगलवार राजधानीमा रहेका कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरुले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जिबि राईलाई पक्रिन नचाहेको बताउनुभएको हो । उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरुलाई न्याय दिन नचाहेको जिकिर गर्नुभयो । उहाँले पीडितलाई न्याय दिलाउने काम गर्नुको साटो आफ्नो गल्ती र कमजोरी भेटिन्छ कि भनेर फसाउन लागि परेको बताउनु भयो । गृहमन्त्रीलाई सहकारी पीडितलाई न्याय दिनु भन्दा पनि आफूलाई दोषि देखाएर थुन्नुपरेको भन्दै आफूलाई सहकारी ठगी आरोपमा डाम्न नसक्ने बताउनु भयो । सभापति लामिछानेले सरकारले जिबि राईलाई समाउन लागे सक्ने पनि बताउनु भयो । उहाँले उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जिबिलाई किन समाउन नसकेको भनि प्रश्न समेत गर्नुभयो । उहाँले सरकारले आफूलाई फसाउन र रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर प्रयास गरेको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो – ‘एउटा कुरा म यहाँहरुलाई भन्न चाहन्छु, यदि सरकारले अथवा गृहमन्त्रीज्युले साँच्चै यो सहकारी पीडितको लागि न्याय दिनुप¥यो । सहकारी पीडितहरुको लागि काम गर्नुप¥यो । सहकारीबाट भागेकाहरुलाई समातेर भएपनि, यिनको सम्पती अहिल्यै कब्जा गरेर, कानून ल्याएर, अध्यादेश ल्याएर सबै पीडितलाई बाँड्नुप¥यो भनेर लागि परेको भए अहिलेसम्म कयौँ पीडितहरुले पैसा पाइसक्थेँ । केही न केही शुरुवात हुन्थ्यो । तर उहाँको ध्यान त यसलाई चाहीँ छोड्नुभएन । यो रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त । यता खोज्नुस् । त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो । केही भए पो पाउनु ? भए त किन छोड्थे र ? यति समय उहाँले पीडितहरुलाई न्याय दिने, पीडितहरुको पैसा फिर्ता लिने, त्यसको लागि एउटा चुस्त कार्यदल बनाउने, योग्य, क्षमतावान मान्छेहरु राख्ने र तुरुन्त राज्यले काम गर्ने र पहिला तिनलाई समाउँदै गर्ने, थुन्दै गर्ने तर तिनको सम्पती कहाँ छ, तिनको कहाँ–कहाँ लगानी छ ? तिनलाई सुनिश्चितता गरेर एउटा योजना बनाएर पीडितहरुलाई न्याय दिन सोचेको भए, मेरो पछि लाग्ने समय पीडितहरुलाई दिन लागेको भएपनि पीडितलाई न्याय दिन सकिन्थ्यो । अझैपनि आइडिया चाहिन्छ भने सम्पर्क राख्नुस् । अहिले पनि पीडितलाई, धेरै अपm्ठ्यारो परेकाहरुलाई दिन सकिन्छ । तर उहाँहरुलाई त रवि लामिछानेलाई थुन्नुपरेको छ । यसलाइै दोषि देखाइदिनु परेको छ । यसलाई डाम्नु परेको छ । सक्नुहुन्न । सक्दै त सक्नुहुन्न । असम्भव । सहकार्य गर्ने हो भने हामी तयार छौँ । के कुरालाई केन्द्रमा राख्ने ? के कुरालाई महत्व दिने ? त्यसमा भर पर्छ । यदी पीडितहरुको चिन्ताले यो काम गर्नुभएको भए अहिलेसम्म कति जनालाई पैसा फिर्ता दिनुभयो त ? यत्रो हेडलाइन बन्यो । म त ठग जस्तो प्रमाणित गर्न खोज्नुभयो उहाँहरुले । नलिएको पैसा पनि लियो भन्नुभयो । निर्देशन दिएको दिएकै छ खोज्नुस् भेटिन्छ भनेर । त्यहाँ जिबि राई समाउनतिर लागेको हो र ? रवि लामिछाने भेटिन्छ कि भनेर लागेको हो । समाउन लागे समाउन सक्दैन ? उपप्रधानमन्त्री समात्नुभएको होइन उहाँहरुले ? उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समात्न सक्नुभएको होइन उहाँहरुले ? समाउन खोजेको भए सक्नुहुन्न थियो र ? तर मलाई राम्रो सँग थाहा छ, त्यो फाइल कहाँसम्म पुग्छ ? त्यो जरो कहाँसम्म हल्लिन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । त्यसैले उहाँहरुलाई चाहिएको रवि लामिछानेलाई फसाउन सकिन्छ कि ? रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर खोजेको हो । पीडितलाई पैसा फिर्ता गर्न लागेको भए एक महिना पर्याप्त थियो । हामीले सकेनौँ हजुर भन्नुस् । तयार छु म ।’ सभापति लामिछानेले मिसन ०८४ आफूहरुको लागि भएको बताउनु भयो । उहाँले घण्टी चुनाव चिन्ह पाउनासाथ चुनाव नजितिने भन्दै असल मान्छेले घण्टी पाए मात्रै चुनाव जित्ने बताउनु भयो । उहाँले कसैले कसैले पनि आफुले पहिले पार्टी सदस्यता लिएको र झण्डा पहिले बोकेको भनेर नेतृत्वमा दाबी नगर्न आग्रह गर्नुभयो । कोही दौडिएर पहिले पार्टीमा आएको भरमा चुनाव नजितिने भन्दै आफूहरु क्षमतावान व्यक्तिहरु खोज्न हिँडेको उहाँले बताउनु भयो ।उहाँले भन्नुभयो – ‘आजभोलि कयौँ साथीहरुलाई लाग्दो हो घन्टी पाइयो भने त जितिहालिन्छ भन्ने लागेको होला । जितिँदैन । असल मान्छेले घण्टी पाए मात्रै जित्ने हो । जसले पनि घण्टी बोक्दैमा जित्दैन । झुक्याएर घण्टी कसैले लियो भने भोट नहाल्नुस् भन्न सक्छौँ हामी । मिसन ०८४ भनेको हाम्रा लागि हो । मैले बारम्बार भन्दै आएको छु साथी हो, असल नेतृत्व छान्ने होडबाजि हो । नकि, दौडेर केन्द्रिय कार्यालयमा को पहिला आइपुग्यो, उहाँदेखि म पहिला आएर सदस्यता कसले लियो, फस्र्टमा सदस्यता मैले लिएको, फस्र्टमा त्यहाँ पार्टी मैले खोलेको, त्यहाँ पैला मैले झण्डा गाडेको, भोट माग्न पैला म हिडेको, ब्यानर बोकेर म हिँडेको, माइक मैले मिलाएको । जिन्दावाद भन्ने म हुँ । म त्यो पार्टी छोडेर आएको । यस्ता चिजले देश बन्दैन । आज तपाईलाई सोविता गौतममा गर्व छ । विनिता कठायतमा गर्व छ । सुमना श्रेष्ठमा गर्व छ । तोसिमा कार्कीमा गर्व छ । हेरिरहनुभएको छ । डा. चन्दा कार्कीमा गर्व छ । हेरिरहनु भएको छ नि । के तपाईको ठाउँमा पनि तपाईले गर्व गर्न लायक रास्वपाका भावि नेताहरु हुन् त ? हुन भने तिनले जित्छन् । तर तपाई दौडिएर पहिला आएको भरमा जित्नुहुन्न । घण्टी पाउन पनि गाह्रो हुन्छ । यो लिगलिगकोटको दौड होइन साथी हो जो पहिला आयो उसैले जित्यो । यो त क्षमतावान साथीहरु खोज्नका लागि हिडिएको खोज हो ।’