साउथबाट हिन्दी फिल्म उद्योगमा आफ्नो पहिचान बनाएकी सामन्था रुथप्रभु आज ३५ वर्षकी भएकी छन् । वास्तवमा सामन्था फिल्ममा आउन चाहँदैन थिइन् तर घरको आर्थिक अवस्था नाजुक भएपछि घर चलाउन मोडलिङमा लाग्नुपरेको थियो । ग्ल्यामरको दुनियाँमा प्रवेश गरेपछि रवि बर्मनले सामन्थालाई फिल्ममा स्थान दिए । आज यही सामन्था ६५ भन्दा बढी फिल्ममा काम गरिसकेकी साउथकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छन् । सामन्थाको जन्म २८ अप्रिल १९८७ मा केरलामा भएको थियो । संसारले उनलाई सामन्थाको रूपमा चिन्छ, यद्यपि उनी आफ्नो परिवारको लागि यशोदा हुन् । १२ कक्षामा पुगेपछि सामन्थाका परिवारसँग उनको पढाइको शुल्क तिर्न पैसा थिएन । अन्ततः सामन्था आफैँले सानो काम गरेर शुल्क उठाउन थालिन् । सामन्थाले पैसा कमाउनका लागि मात्र मोडलिङमा पाइला राखेकी थिइन् ।आफ्नो मोडलिङका दिनहरूमा सामन्थालाई साउथ फिल्ममेकर रवि वर्मनले देखे । रविले नै सामन्थालाई फिल्म उद्योगमा परिचय गराए । अभिनेत्रीले सन् २०१० मा ये माया चेसावेबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् । फिल्ममा सामन्थाको अपोजिटमा नागा चैतन्य थिए । उनको पहिलो फिल्म नै हिट भयो र सामन्थाले उद्योगमा धेरै प्रशंसा पाए। त्यसयता सामन्थाले तमिल, तेलुगु भाषाका करिब ६५ फिल्ममा काम गरिसकेकी छिन् ।सामन्था रुथप्रभु ११ मिलियन डलर अर्थात् करिब ८० करोड भारतीय रुपैयाँ बराबरको सम्पत्तिकी मालिक हुन् । फिल्मका अलावा सामन्थाले फेसन लेबल साकी र प्रि-स्कूल एकमबाट पनि कमाइ गर्छिन् ।सन् २०१२ मा सामन्थालाई इम्युनिटी डिसअर्डर भएको थियो, जसका कारण उनले धेरै ठूला फिल्महरू अस्वीकार गरिन् । स्वास्थ्यमा सुधार नभएपछि सामन्थाले फिल्मबाट ब्रेक लिएकी थिइन् ।
सामन्था र नागा चैतन्यले सन् २०१० मा डेटिङ सुरु गरेका थिए । करिब ७ वर्ष रिलेशनशिपमा रहेपछि दुवैले २०१७ मा इन्गेजमेन्ट गरे र सोही वर्षको अक्टोबर ६ मा विवाह गरेका थिए । विवाह पछि अभिनेत्री सामन्था अक्किनेनी बनिन्। तर उनीहरुको सम्बन्ध लामो टिकेन सामन्था-नागाले २ अक्टोबर २०२१ मा आफ्नो सम्बन्धविच्छेदको आधिकारिक घोषणा गरे। ठ्याक्कै यही वर्ष जुलाईमा सामन्थाले आफ्नो नामबाट अक्किनेनी उपनाम हटाएकी थिइन् ।सम्बन्धविच्छेद पछि नागा चैतन्यले सामन्थालाई २०० करोड भारतीय रुपैयाँ दिने प्रस्ताव गरेका थिए । तर सामन्थाले यसलाई अस्वीकार गरिन् । पुष्पाको आइटम गीत ओ अन्तावामा देखा परेपछि अब सामन्था काथु वाकुला रेन्दु काधल, शकुन्तलम, यशोदा र अनटाइटल तेलुगु फिल्ममा देखिनेछिन् ।