काठमाडौं,काठमाडौं महानगरपालिका बिरुद्ध बिभिन्न मागहरु राखि बिभिन्न पार्टीका भातृसंगठन र संघसस्थाहरुले आन्दोलन गरेका छन् । फुटपाथ व्यापारी तथा नेपाल स्वरोजगार व्यापार श्रमिक संघ ,राष्ट्रिय स्वतन्त्र ब्यापार ब्यवसायी संघ,सडक व्यापार संगठन एकीकृत ट्रेड युनियन सहासंघले संयुक्त आयोजनामा धर्ना तथा बिरोध कार्यक्रम भएको छ ।महानगरले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, महानगरभित्रका सबै वडामा ‘सस्तो बजार’ सञ्चालन गरी सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सञ्चालन गर्ने कार्य सुनिश्चित गरिनुपर्ने लगायत मागहरु राख्दै उनीहरुले काठमाडौ महानगर पालिका विरुद्ध आन्दोलन गरेका हुन ।आन्दोलनमा नेकपा (एमाले)को भातृ संगठन जिफण्ट निकट नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष माया गुरुङको नेतुत्वमा राष्ट्रिय स्वरोजगार ब्यबसायी संघ अध्यक्ष लिला दाहाल,नेकपा (एकीकृत समाजवादि) निकट सडक व्यापार संगठन एकीकृत ट्रेड युनियन महासंघ अध्यक्ष कुमार सापकोटा लगायत करिब २५० जनाको संख्यामा शान्तिबाटिकामा उपस्थित भएर आन्दोलन गरेका हुन । उनीहरुले रत्नपार्क बाट झण्डा,प्यालेकार्ड सहित नारा लगाउँदै शुक्रबार बिहान ११ बजे विरोध र्याली निकाली काठमाडौ प्लाजामा पुगि धर्ना दिन हिँडेका थिए ।