
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेका पेट्रोल पम्प अबदेखि २४ सै घण्टा खुल्ने भएका छन् ।उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।




























